लमजुङमा कांग्रेस बीपी र जसपाका उम्मेदवारले गरे देव गुरुङलाई समर्थन
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १७:११:२१
१४ कात्तिक, लमजुङ । आउँदो ४ मंसिरमा हुने आमनिर्वाचनका लागि प्रतिनिधिसभामा उम्मेदवारी दिएका लमजुङका दुई उम्मेदवारले उम्मेदवारी स्थगित गरेर नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देव गुरुङलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा तर्फका उमेदवारद्वय नेपाली कांग्रेस (बिपी)का डा. लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का नरेन्द्र गुरूङले उम्मेदवारी स्थगित गरेर सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन गरेका हुन् । यसबारे जानकारी दिन उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।
लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका थिए । अब आठ उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । जसमा सत्ता गठबन्धनबाट गुरुङ र एमालेका पृथ्वी सुव्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उनीहरूबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका टकबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजंग गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन वस्यालले उम्मेदवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार