तीन महिनामा २७ अर्ब ४१ करोडको कच्चा भटमास र तेल आयात
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १९:३९:४२
१४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७९्/०८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट २७ अर्ब ४१ करोड २८ लाख ६९ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ । गत साउन, भदौ र असोज महिनामा नेपालले उक्त वस्तु आयात गरेको हो ।
भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालले १४ अर्ब ४ करोड ८ लाख ५४ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त मूल्यमा ६ करोड २४ लाख १९ हजार ७६७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।
सोही समयमा नेपालले ९ अर्ब ९७ करोड २ लाख १५ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ । उक्त मुल्यमा ५ करोड ८४ लाख ४९ हजार ७२१ लिटर कच्चा पाम तेल नेपाल भित्रिएको छ ।
यस्तै बितेको तीन महिनामा ३ अर्ब ४० करोड १७ लाख ९९ हजार रुपैयाँको १ करोड ६२ लाख ९१ हजार ४६३ लिटर कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ११ अर्ब ९२ करोड २८ लाख ८७ हजार रुपैयाँ कमको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७८र७९ को पहिलो तीन महिनामा नेपालले ३९ अर्ब ३३ करोड ५७ लाख ५६ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा औषधि अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार