दधिराज पुरस्कार कथाकार रेग्मी र पत्रकार न्यौपानेलाई दिइने
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २०:८:५२
१४ कात्तिक, काठमाडौं । साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपानेलाई यस वर्षको दधिराज पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गरेको भन्दै बाँकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको हो ।
यस्तै, पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ पत्रकार अनन्तराज न्यौपानेलाई २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । यस वर्षको पुरस्कार आगामी मंसिरमा एक समारोहको आयोजना गरी वितरण गरिने महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष साहित्य र पत्रकारिता क्षेत्रका दुई व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्रा।डा। गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एसपी कोइराला र प्राध्यापक चूडामणि बन्धु र पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।
समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार