राप्रपाको बटमलाइन स्विकार्न एमालेलाई कति सहज, अब के गर्छन ओली ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २०:२४:२८
१४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रवादी भएको र बाँकी राजनीतिक विषयमा पनि एमालेसँग धेरै कुरा मिल्ने भएकाले साथ लिएको बताइरहेका बेला एमालेलाई नै आगामी निर्वाचनमा बाधा पुग्ने गरी उसले पार्टीको घोषणपत्र जारी गरेको छ । राप्रपाले आफ्ना चुनावी घोषणापत्रमा प्रदेश तत्काल खारेन गर्नुपर्ने बटमलाइन राखेको छ ।
राप्रपालाई पछिसम्म साथ लिएर जानका लागि यो चुनावमा तालमेल गरेको र जसरी पनि राप्रपालाई जिताउने अभिभारा एमालेको भएको जिकिर ओलीको छ । राप्रपाले उठाएका धेरै विषयहरु एमालेसँग मिल्ने ओलीको भनाइले एमाले पनि प्रदेश खारेजको पक्षमा हो भन्ने प्रश्न उठाएको छ । यही कात्तिक १८ गतेदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट एमालेले देशव्यापी चुनावी अभियान सुरु गर्दैछ ।
यो अभियानमा एमालेले सहकार्य गरेको राप्रपाले उठाएको प्रदेश खारेजको विषयलाई कसरी लिन्छ भन्ने अहिले राजनीतिक बृतदेखि आम मतदातामा पनि चासोको विषय बनेको छ । राप्रपाले पार्टीले चुनावी घोषणापत्रमा प्रदेश खारेजीको एजेन्डालाई मुल बटमलाइन बनाएको छ । पार्टीले सोमबार जारी गरेको घोषणापत्रमा प्रदेश खारेजीको एजेन्डा राख्दै केन्द्रलाई बलियो बनाउने र स्थानीय तहसहितको दुई तहको शासकीय संरचना बनाउने एजेन्डा राखेको छ ।
उसले अभिभावकीय संस्थाको रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने एजेन्डा अघि सारेको छ । सिद्धान्त र राजनीतिक एजेन्डा नमिल्ने पार्टी एमालेसँग गठबन्धन गरेर उसले प्रदेश खारेजको माग राखेर पनि झापा क्षेत्रनम्बर ४ को २ मा पार्टी प्रवक्ता भक्ति शिवाकोटीलाई प्रदेश उमेदवार बनाएको छ । यस्तै, पार्टी महामन्त्री भुवन पाठक वाग्मती प्रदेशतर्फ प्रदेशसभामा समानुपातिकको १ नम्बरमा बसेका छन्, जुन् घोषणापत्र र व्यवहारबीच मिलाप छैन ।
घोषणापत्रमा राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमाम मनाइने व्यवस्था लागु गर्ने बताएको छ । सोमबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उसले पार्टीको नेतृत्वमा सरकार बने पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने पनि उल्लेख गरेको हो । राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने दाबी गर्दै आफ्ना मुद्दाहरुमा केन्द्रित राजनीतिलाई प्रथाामिकता दिने घोषणापत्रमा लेखेको छ । उसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको भनेको छ ।
आफ्नो सरकार हुँदा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको मुलुकको चुच्चे नक्सा जारी गरेको विषयलाई मुल चुनावी मुद्दा बनाएको एमालेले यसैलाई पुष्टि गराउन दार्जुलाबाट अभियान चलाउन लागेको हो । राप्रपासँग तालमेल भएका कारण एमालेले चुनावी अभियानका क्रममा उसले उठाएको प्रदेश खारेजको विषयमा पनि मतदातालाई प्रष्ट्याउनुपर्ने हुन्छ ।
प्रतिनिधिसभा एवं प्रदेशसभामा बहुमत हासिल गर्ने दाबी गरेको एमालेका सामुन्ने निर्वाचन नजिकिँदै गर्दा विगतका मुख्य चुनौती पनि बाँकी नै छ । सत्ता गठबन्धन, टिकट वितरणलाई लिएर आफ्नै दलभित्रको असन्तुष्टि र बागी उम्मेदवार एमालेका लागि मुख्य चुनौती रहेका बेला प्रदेश नै खारेनको माग गर्नेसँग चुनावी सहकार्य गरेको पनि यसैको पक्षमा रहेको भन्ने भनाइहरु आजबाटै सार्वजनिक रुपमा आउन थालेका छने ।
तत्कालिन नेकपा नेतृत्वको सरकारका समयमा प्रधानमन्त्री रहेका अध्यक्ष ओलीले प्रदेशलाई दिनेदिएको अधिकारसमेत कटौति गरेको भन्दा विरोध भएको थियो । अहिले राप्रपासँगको गठजोड र प्रदेश खारेजको विषयलाई समर्थन जनाउँदा ओली प्रदेशलाई बलियो बनाउने पक्षमा थिएनन् भन्ने कुराको थप पुष्टि गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चालेका राजनीतिक कदमलाई सत्ता गठबन्धनले मुख्य मुद्दा बनाएको छ ।
यसलाई चिरेर अघि बढ्न एमालेका लागि सहज छैन तर एमालेले चुनौती सामना गर्दै सरकारको नेतृत्व गर्ने दाबी गरेको छ । अध्यक्ष ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्दै राप्रपालाई साथ लिएको बताउँदै आएका छन् । यतिबेला प्रदेश खारेजीको माग गर्ने पार्टीलाई साथ दिएको लगायतका आरोप थपिएका छन् भने अर्कोतिर पाँच दलीय गठबन्धन छ । दुई पटकको संसद् विघटनलाई मुख्य आधार बनाएर पार्टी विभाजनसमेत भएको छ ।
दुई–दुई पटक संसद् विघटन र ओलीको कार्यकालमा भएका बेथितिबारे नागरिकका प्रश्नमा एमालेले प्रस्टीकरण दिन बाँकी नै छ । यसमा अब प्रदेशको विषाय पनि थपिएको छ । चुनावमा नयाँ एजेन्डा लिएर जानेभन्दा पनि आफुमाथि उठाइएका प्रश्नको प्रस्टीकरण नै एमालेका लागि महाभारत भइरहेको छ । २०७४ मा जनताले बहुमत दिएको एमालेले आफ्नै कारण बहुमतको सरकार गुमेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार