बीरगञ्जमा विराट कुस्ती दंगल सुरु, कुस्तीका लागि छुट्टै अखडा निर्माण गर्ने मेयर सिंहको घोषणा
आबिद हुसेन
कात्तिक १४, २०७९ सोमबार २०:५६:५२
१४ कात्तिक, बीरगञ्ज । बीरगञ्जमा सोमबारबाट विराट कुस्ती दंगल प्रतियोगिता सुरु भएको छ । बीरगञ्ज १६ इनर्वामा रहेको महाविर मन्दिर प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको बीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् । उनले प्रतियोगिता उद्घाटन गर्दै कुस्ती खेलाडी उत्पादनका लागि बीरगञ्जमा कुस्ती एकेडेमी र छुट्टै कुस्ती अखडा निर्माण गर्ने घोषणा गरे । उनले भने, ‘देशैभर नाम चिनाउने गरी यहाँबाट कुस्तीबाजहरु उत्पादन गर्ने पहिलेदेखिकै इच्छा छ, त्यसका लागि एउटा सुविधासम्पन्न कुस्ती अखडा होस भन्ने पहिल्यै लागेको हो, अब वीरगञ्ज महानगरले २ वर्षभित्र यहाँ कुस्तीका लागि छुट्टै स्टेडियम बनाउँछ ।’
उनले नेपाल र भारत दुवै देशका प्रतिष्पर्धी ‘पहलवान’ हरु सहभागी प्रतियोगिताले दुई देश बीचमा रहेको पौराणिक र सांस्कृतीक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने धारणा समेत व्यक्त गरे । ‘दुवै देशको सम्बन्ध राजनीतिक र कुटनीतिक नभएर सांस्कृतीक, पारम्परिक र पारिवारिक हो,’ उनले भने, ‘यसलाई तोड्न र यसलाई कमजोर बनाउन हुने हरेक प्रयास असफल हुन्छ । यस्ता प्रतियोगिता यसको उदाहरण हुन् ।’
मेयर सिंहले प्रतियोगितामा सहभागी पहलवानहरुलाई कुस्ती खेलको सम्मान गर्दै इमान्दारिताका साथ सही र पारदर्शी ढंगले लडाई लड्न सुझाव समेत दिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष निरञ्जन सर्राफ, वडा नम्वर १६ का वडाध्यक्ष पर्शुराम चौरसिया, जसपाका युवा नेता इश्वर यादव लगायतकाको सहभागिता रहेको थियो ।
मेला समितिका अध्यक्ष पलकधारी प्रसाद यादवको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको हो । दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारतको बनारस, गोरखपुर, गाजियाबाट, पंजाव, हरियाणा, दिल्ली, बिहार, पञ्जाब, जम्मु लगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरुले सहभागिता जनाएका छन् । दिपावली तथा छठ पर्वको अवसर पारेर हरेक वर्ष यहाँ कुस्ती प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार