माओवादी केन्द्रको चुनावी घोषणा : ‘समृद्धिका लागि क्रम भंगता, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था’ (पूर्णपाठ)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २१:१६:१७
१४ कात्तिक, काठमाडठौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई हटाई अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जाने संकल्प गरेको छ ।
अध्यक्ष प्रचण्डले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चुनावी घोषणापत्र सार्वजनिक गर्दै संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिवद्धता जनाएका छन् ।
राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतीय व्यवस्थामा जान माओवादीले जोड दिएको छ । संविधान निर्माणको प्रक्रियामा समेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा आफ्नो मत अभिव्यक्त गरिसकेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन संसद्लाई पूर्णरूपमा विधायन क्षेत्रमा केन्द्रित हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
यस्तै सातै प्रदेशमा संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा मन्त्रिमण्डल रहने र विधान क्षेत्रमा मात्रै केन्द्रित प्रदेश सभा गठन गर्ने प्रस्ताव छ ।
पत्रमा संघमा १६५ सिटको प्रतिनिधि सभा र ५५ सिटको राष्ट्रिय सभा र ३३० सिटको प्रदेश सभा बनाउने, संघमा २५ जना मन्त्री नबढाई र प्रदेशमा कूल सांसदको १५ प्रतिशत नबढाई मन्त्रीको संख्या बनाउने यसअघिकै व्यवस्था कायम गरिएको छ ।
साथै उसले विकास र समृद्धिका लागि क्रम भंगताको नीति अपनाउने र त्यसनिम्ति सबैखाले विधि अवलम्बन गरिने समेत समेत संकल्प गरेको छ ।
हेर्नुहोस् घोषणापत्र :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार