परिवर्तनका लागि लडेका नुवाकोटे जनता संबिधान क्षतबिक्षत पार्नेका पक्षमा हुनै सक्दैनन : केसी
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २३:३४:२५
१४ कात्तिक, बिदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसीले परिवर्तनका लागि निरन्तर संघर्षमा रहेका नुवाकोटे जनता संबिधान क्षतबिक्षत पार्नेहरुका पक्षमा हुनै नसक्ने दावी गरेका छन् ।
जनताको लामो संघर्षपछि प्राप्त भएको संबिधानको मर्ममाथि पटक पटक प्रहार गर्ने एमालेसंग संबिधान निर्माणमा महत्वपूर्ण योगदान गरेको काँग्रेस नेतृत्वको गठबन्धनको प्रतिस्पर्धा मंसिर ४ सम्मका लागि औपचारिकतामा मात्र सीमित रहेको र गठबन्धनको बिजय सुनिश्चित भईसकेको नेता केसीको भनाई थियो ।
सोमबार नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा ‘क’ अन्तर्गत पर्ने घोरघाट, तिगाउँ र बेलकोटका नागरिकसंगको अन्तरक्रिया र भेटघाटका क्रममा कांग्रेस नेता केसीले नुवाकोटका नागरिकहरुको आर्थिक जीवन सुधारका लागि पर्यटन प्रबद्र्धन र एकीकृत बिकासका योजनाहरु तर्जुमा गर्दे थप संभावनाहरुको खोजी गरी त्यसलाई सार्थकतामा परिणत गर्न गठबन्धन दलहरु प्रतिबद्ध रहेको बताए ।
राज्यका ऐन, नियमहरुका कारण बिगतका बिकास प्रयासहरुले सार्थकता पाउन नसकेको स्वीकार्दे त्यसक्रममा कांग्रेस नेता केसीले बिकासका बाधकका रुपमा रहेका सबै तत्वहरुलाई परिमार्जन गरी नागरिकका अपेक्षा अनुसारका बिकास रणनीति तय गरिने र त्यसले नुवाकोटको समग्र बिकासलाई छोटो समयमै परिणाममुखी बनाउने समेत नेता केसीले उल्लेख गरे ।
कार्यक्रमहरुका माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बिमला सुबेदी, संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, प्रदेश सभा ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना लगायतले निर्वाचनमा गठबन्धनको औचित्य र त्यसपछिका रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार