निर्वाचन आयोगबिरुद्ध परेका दुई रिटमाथि आज सुनुवाइ
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १६:३२:१०
१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले गरेको दुई निर्णयबिरुद्धमा सर्वोच्च अदालतमा परेका पछिल्ला दुई रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो ।
‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपातपूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी थिइन् । प्रारम्भीक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको छ ।
तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उमेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताउँदै आएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार