निर्वाचन प्रयोजनका लागि भारत सरकारले दुई सय गाडी नेपाल पठाउँदै, आयोगलाई ८० वटा दिएर बाँकी सरकारले चलाउने
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १७:३५:३१
१५ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भारत सरकारले नेपाल सरकारलाई दुई सय गाडी दिने भएको छ । निर्वाचन आयोग र सरकारले निर्वाचनमा विदेशी मुलुक र दातृ संस्थाहरुसँग निर्वाचन प्रयोजनका लागि कुनै पनि सहयोग नलिने भनेपनि भारत सरकारसँग करिब २ सय थान गाडी सहयोग लिने भएको हो ।
‘आयोगले आसन्न निर्वाचनका लागि भारत सरकारसँग २ सय थान सवारी साधन सहयोग लिन लागेको हो’, स्रोतले भन्यो । स्रोतका अनुसार आयोगले भारतीय राजदूतावासलाई पत्राचार नै गरेर गाडी सहयोग मागेको थियो । ‘केही दिनमा ती गाडी नेपाल आउनेछन्’, आयोग स्रोतले भन्यो । सरकारले गाडी किन्न प्रयाप्त बजेट नदिएको भन्दै आयोगले विदेशी सहयोग मागेको थियो । जसमा भारत सरकारलाई पत्राचार गरिएकोमा २ सय गाडी दिन भारत सरकार तयार भएको थियो ।
ऐन नियम निर्माणदेखि सुरक्षासम्मै सहयोग लिने गरेको आयोगले पछिल्लो पटक निर्वाचन प्रयोजनकै लागि भनेर कुनै पनि सहयोग नलिने जनाएको थियो । तर आयोग उच्च स्रोतका अनुसार निर्वाचन प्रयोजनका लागि गाडी अभाव भएपछि तत्कालका लागि खरिद गर्न पनि असम्भव देखिएकाले भारत सरकारसँग २ सय थान गाडी सहयोग लिन लागेको हो । जसमध्ये एक सय २० वटा गाडी सरकारलाई दिने र ८० वटा गाडी आयोगले चलाउने भएको छ ।
‘संविधानसभा र स्थानीय तहको निर्वाचनमा त्यस्ता खालका सहयोग लिने गरिएको थियो । अहिले पनि सो सहयोग लिन लागिएको हो’, आयोग स्रोतले भन्यो । संविधानसभाको दोस्रो निर्वाचनपछि निर्वाचनकै लागि विदेशी सहयोग आउने क्रम घटेको थियो । तर विगतदेखि लिइँदै आएको सहयोगले परेको प्रभाव भने कम भएको छैन ।
संविधानसभाको पहिलो निर्वाचनदेखि सहयोगको ओइरो लागे पनि त्यसको सही सदुपयोग नभएकोमा आयोग र सरकारमाथि आलोचना हुने गरेपछि आयोगलाई सहयोगको कमी हुँदै आएको थियो । विदेशी दाताको सहयोग लिएर आयोगले सबै निर्वाचन कानुन निर्माण गरेको छ । त्यस्तै निर्वाचन सुरक्षामा समेत त्यस्ता सहयोग परिचालन हुने गरेको छ ।
दातृ निकाय र छिमेकी देशले दिने सहयोगमा स्वार्थ रहँदारहँदै पनि विश्वव्यापीकरणकै कारण सहयोग लिनु नेपालको लागि आवश्यक बनेकाले सहयोग लिन लागिएको स्रोतको दावी छ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड रुपैयाँ आयोगलाई उपलब्ध गराएको थियो अहिले सो भन्दा बढी रकम उपलब्ध गराएको छ । तर पनि आयोग दाता र छिमेकीसँग सहयोगको आशा गरिरहेको छ । छिमेकी तथा अन्य दातृ निकायसँग कूटनीतिक सम्बन्ध राम्रो बनाउने भन्दै सरकारले निर्वाचनमा त्यस्ता सहयोगहरु बिना रोकतोक लिने गरेको छ ।
आयोग र सरकारले पनि ती निकायलाई सरसामाग्रीको सहयोगका लागि आग्रह गर्ने गरेको छ । कतिपय दाता र छिमेकी देशको अनुरोधमै पनि ती सहयोग स्वीकार गर्ने गरिएको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मसी, गाडी, डटपेन र स्वस्तिक छापदेखि प्राविधिक सहयोगसमेत बाह्य मुलुक र दातृ निकायबाट प्राप्त भएको थियो । गत स्थानीय तहको निर्वाचनमा भने आफ्नै रकम खर्च भएको थियो । निर्वाचन आयोगले त्यतिबेला पनि भारत सरकारसँग गाडी मागेको थियो । तर प्राप्त हुन सकेको थिएन ।
युएनडीपी, युएसएड र एसिया फाउण्डेशनले सहयोगका लागि चासो देखाएको भएपनि अहिलेलाई भारत सरकारबाट आउने गाडी मात्रै सहयोग लिन लागिएको आयोग स्रोतको दावी छ । आयोगले वैशाखको स्थानीय तहको निर्वाचनका लागि भारत सरकारलाई ८० वटा गाडी उपलब्ध गराउन अनुरोध गरेको थियो । तर त्यतिबेला गाडी नआएपछि भाडामा लिएर काम चलाइएको थियो । अहिलेचाहि समयमै गाडी सहयोग मागिएकाले करिब २ सय वटा गाडी पठाउने तयारी गरेको भारतीय राजदूतवास स्रोतले जनाकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार