नवलपरासीमा माओवादी केन्द्रका २ बागी उम्मेदवार पछि हटे
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १९:१५:९
१५ कात्तिक, परासी । नवलपरासीमा (माओवादी केन्द्र)बाट बागी बनेका २ जना उम्मेदवार चुनावी मैदानबाट पछि हटेका छन् । नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ का उम्मेदवार चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिएका हुन् ।
नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन् । ढकाल पार्टीका प्रदेश परिषद् सदस्य हुन् ।
उनीहरुले गठबन्धनविपरीत कांग्रेसले अनाधिकृत रुपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाब दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दर्ता गर्नु परेको विज्ञप्तिमा उल्लेख गरेका छन् । सत्तागठबन्धनले सो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ नेपाली कांग्रेस र प्रदेशसभा ‘ख’ माओवादी केन्द्रको भागमा परेको थियो ।
तर सहमतिविपरीत प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका देवकरण जयसवालले रुख चिन्हबाटै उम्मेदवारी दिएपछि उनीहरुले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।
तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएपछि माओवादी केन्द्रले बागी उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारलाई चुनावी प्रक्रियामा निष्क्रिय पार्न पत्र काटेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार