एमालेको चुनावी घोषणापत्र, जनता छक्याउने ओली सपनाको बृतचित्र
केदार भट्टराई (काका)
कात्तिक १५, २०७९ मंगलबार २२:४२:५७
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले २०७४ मै महत्वकांक्षी भनिएका योजनाहरुसहित केही नयाँ तर, असम्भव कार्यक्रम समावेस गरी राखेर आगामी प्रदेश र प्रतिनिधिसभको निर्वाचनका लागि पार्टीको चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । उसले पूर्वपश्चिम रेलदेखि पानीजहाजबाट विदेश यात्रासम्मका विषयहरु घोषणापत्रमा समवेस गरेको छ ।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालीका राखेर तामझमपूर्ण देखाइएको कार्यक्रमको डिबेटमा बैंकर अनिलकेशरी शाहले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न सोध्नका लागि बोलाइएको थियो । उनले अधिकांश समय सत्ता गठबन्धनको विरोध र आफ्नो बचाउ गरेका थिए । पूर्व एमाले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा एमाले रहँदाका विषयलाई भने ओलीले घोषणापत्रमा स्थान दिएका छैनन् ।
शाहका प्रश्नमा उत्तर दिएका ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताए । काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा उनले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताए । तर, घोषणापत्रमा राखिएका कार्यक्रम केही बाहेक ओली सपनाले भरिपूर्ण रहेका छन् ।
निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको ओलीको भनाइ थियो । एमालेले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ । यसका लागि एमालेलाई एकल बहुमत आवश्यक भएको ओलीले बताए । उनले विगतमा जोडबल गरेर दुई तिहाइ पुर्याइएको तर, त्यो बहुमत अरुकै कारणले कायम राख्न नसकिएकाले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमालेलाई बहुमत चाहिएको ओलीको भनाइ छ ।
ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको स्पष्टीकरण दिएका छन् । उनले जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको प्रष्टीकरण दिँदै बचाउ गरेका छन् । जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिएको ओलीको आरोप छ ।
मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको तीन वटामात्र सरकारको चर्चा ओलीले गरेका छन् । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकार, २०७२ साल र २०७४ सालको केपी शर्मा ओली नेतृत्वको सरकारको मात्र चर्चा गरिएको छ । तर २०६६ जेठमा तत्कालिन एमाले नेता माधवकुमार नेपाल र २०६७ माघमा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बनेको सरकारले गरेका कामको चर्चा छैन् ।
नेपाल र खनाल नेकपा एमालेको संस्थापक नेता हुन् । यी दुई नेताले २६ वर्ष एमालेको नेतृत्व गरेका थिए । २०३९ देखि २०७१ सालसम्मको ३२ वर्षमध्ये ६ वर्षको अवधि मदन भण्डारीले नेतृत्व गरेका थिए । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता मार्फत लोककल्याणकारी राज्यप्रणालीको अवधारणा स्थापित गरेको, आफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रम मार्फत जनसहभागितामा आधारित विकास अवधारणा स्थापित गरेको एमालेले घोषणापत्र समावेश छन् ।
एमालेको घोषणापत्रमा मनमोहन अधिकारी नेतृत्वको सरकारपछि २०७२ सालमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको चर्चा गरेको छ । त्यतिबेला ओली नेतृत्वको सरकारले भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको, चीनसँगको व्यापार पारवहन सन्धि गरेको, नेपाली राजनीतिलाई विकास र समृद्धिको बहसतर्फ केन्द्रित गरेको एमालेको दावी छ ।
२०७४ सालमा ओलीकै नेतृत्वमा बनेको सरकारले संविधान र संघीयता कार्यान्वयनको ऐतिहासिक नेतृत्व गरेको, सार्वभौम समानता, अहस्तक्षेप र पारस्परिक लाभ एवं सम्मानमा आधारित परराष्ट्र सम्बन्ध अगाडि बढाएको एमालेले दावी गरिएको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नयाँ नसामा समेटेको, पृथकतावाद र सशस्त्र द्वन्द्वमा रहेको र असहमत पक्षलाई राजनीतिको मूलधारमा ल्याएको दावी गरएको छ ।
भूकम्पपछिको पुनर्निर्माणलाई तोकिएकै समयमा पूरा गरेको, कोभिड–१९ महामारीको सफल सामना गरेको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको थालनी गरेको ओलीको दावी छ । तर, माओवादी शसस्त्र द्वोन्द्वको निकासमा ओलीको कुनै हाात थिएन् । उनले तराइको सिके राउतसमूहको भूमिगत पार्टी र विप्लवसँग तीनबुँदे सहमतिको विषय उपलब्धीका रुपमा उठाएका छन् ।
ओलीले आफू प्रधानमन्त्री भएपछि राजनीतिक स्थायीत्व हासिल भएको, प्रणालीगत स्थिरता काम भएको र राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएको बताएका छन् । तर सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएपछि त्यसलाई असफल बनाउने प्रयास भएको उनले उल्लेख गरेका छन् । तत्कालिन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरु यसका लागि प्रयोग भए, उनीहरुका लागि आन्दोलन र देशको भविष्य भन्दा आफ्नो अहंकार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भएको ओलीले भनेका छन् ।
सत्तारुढ गठबन्धनले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई प्रतिगमन भनिरहेका बेला ओलीले भने सत्तारुढ गठबन्धन बनेर नयाँ सरकार बन्नुलाई प्रतिगमन भनेका छन् । जनादेशप्राप्त आफ्नो सरकार हटाएर सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्नु प्रतिगमन भएको ओलीको जिकिर छ । जनादेशबाट गठन भएको सरकारलाई परमादेशबाट विस्थापित गर्नुको उद्देश्य सरकार परिवर्तनमात्रै थिएन, यो त स्वार्थपरक देशी विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धार नै उल्टो दिशामा फर्काउनु थियो, अर्थात् स्पष्टतः प्रतिगमन थियो’ ओलीले भनेका छन् ।
एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने दाबी गरेको छ । यस क्रममा एमालेले नेपालीका लागि मात्रै नेपाली नागरिकता भन्ने नारा अगाडि सारेको छ ।
घोषणापत्र अनुसार राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यमा केन्द्रित हुने एमालेको भनाइ छ । सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरि एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनिएको छ ।
एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ । निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने र निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने भनिएको छ ।
यस्तै, रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तथा सबै महानगरमा र काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पडवे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा जनाएको छ । एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालनको योजनालाई घोषणापत्रमा समेटेको छ । घोषणापत्रमा छिमेकी मित्रराष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गरिने उल्लेख छ ।
नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,’ घोषणापत्रमा भनिएको छ । एमालेले घोषणा पत्रमा २० ग्यारेन्टीसमेत उल्लेख गरेको छ जुन कुरा पाँच वर्षभित्र पूरा गर्ने उसको प्रतिवद्धता छ । जसको १७ नम्बरमा स्वस्थ महिनावारीः १५ सय वर्षभरि भन्ने कार्यक्रम उल्लेख छ । एमालेले महिलाहरूलाई स्यानेटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने घोषणा पत्रमा उल्लेख गरेको हो ।
यस्तै देशको अर्थतन्त्र पाँच वर्षभित्रमा १०० खर्बको बनाउने एमालेको घोषणा छ। १० हजार लिटर पानी निःशुल्क दिने, ५० युनिटसम्म बिजुली निःशुल्क, ५ लाखलाई रोजगारी दिने र न्यूनतम तलब मासिक २५ हजार दिने एमालेको घोषणा पत्रमा उल्लेख छ । स्वदेशी उत्पादनलाई विदेशमा निर्यात गर्ने, भोकमरी अन्त्य गर्ने, नेपालीलाई मात्र नागरिकता दिने र समृद्धि अधिवेशन गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।
एमालेले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्याउने उल्लेख गरिएको छ । औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन घोषणापत्रमा लेखिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार