मिदिमखोला मोटरेवल पुलले स्थानीयको दैनिकी फेरियो
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २३:१४:२६
१५ कात्तिक, लमजुङ । मिदिमखोला मोटरेवल पुल निर्माण सम्पन्नसँगै यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको क्व्होलासोथर गाउँपालिका –८ घाम्राङ र वडा २ मालिङ जोड्ने मिदिमखोला पुल केही दिनअघि निर्माण सम्पन्नसँगै स्थानीयको आवातजावतमा समय छोटिएसँगै यतिबेला दैनिक पनि फेरिएको हो । पुल नहुँदा अन्य स्थानबाट घुमेर घण्टौँ समय लाग्ने गरे पनि सो समयभन्दा झन्डै तीन÷चार घण्टा समय छोटिएपछि यहाँका स्थानीयवासीको दैनिकी पनि सहज बन्न पुगेको हो ।
खोलाले पालिकालाई दुई भागमा बाँडे पनि मिदिमखोला पुलले जोडेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए। उनले भने, “विशेष गरी पसगाउँ, सिङ्दीका जनता पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म पुग्नलाई सहज बनाएको छ । सँगसँगै वडा नं २ मालिङ र ४ नम्बरको वडाका जनतालाई पोखरासम्म सिधा बाटो जानसक्ने भएको छ ।”
बेँसीसहरबाट जाँदा उदिपुरको झन्झटिलो बाटो व्योहोर्नु नपर्ने भएको उहाँको भनाइ थियो । छोटो बाटो टक्सार रामबजार हुँदै पोखरा जानलाई समेत सहज बनाएको उनको भनाइ छ । त्यस्तै, मान्छे बिरामी हुँदा, स्थानीयवासीको उत्पादित वस्तु बजारसम्म पु¥याउन यो पुल मेरुदण्डको रुपमा स्थापित भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
स्थानीयवासी सुलबहादुर विकले पुल निर्माणले आवतजावत सहज भएसँगै यहाँका स्थानीयवासी हर्षित भएको बताए । पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु सात करोड दश लाख बीस हजारमा सो पुल निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । उनका अनुसार ७० मिटर लम्बाइ र ६ मिटर चौडाइको यस पुलको दुवैतर्फको पिलर उठाउने, तारजाली लगाउने, सुपर स्ट्रक्चरको ढलान कार्यलगायत सम्पूर्ण कार्य सम्पन्न भएसँगै केही दिनअघिदेखि सवारीसाधन चल्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार