सांग्रिला कल सेन्टरको स्थापनाः सांग्रिला बैंकका ग्राहकले घरमै बसीबसी बैंकिङ सेवा तथा समस्या र जिज्ञासा लिन सकिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २०:३४:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/shangri-la_LuA7pIuCI0.jpg)
१६ कार्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्ना ग्राहक महानुभाव माझ विभिन्न सुविधा उपलब्ध गराउने क्रममा कल सेन्टरको रुपमा सांग्रिला कस्टुमर केयर (Shangri-la Customer Care) ईकाइको शुरुवात गरेको छ । कल सेन्टरको रुपमा स्थापित यस Shangri-la Customer Care बाट प्रवाह हुने सेवाले सांग्रिला बैंकका ग्राहकहरुका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान हुने कुरामा बैंक व्यवस्थापन विश्वस्थ रहेको बैंकका सीईओ सूयोग श्रेष्ठले बताए ।
Shangri-la Customer Care इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, उहाँहरुलाई पर्न गएको असुविधा एवं द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु हो । यस सम्वन्धि कार्यको लागि बैंकले तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत बैंकको Shangri-la Customer Care मा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवासँग सम्वन्धित समस्याहरु समाधान गर्न सकिने बैंकले जनाएको छ । ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको बिदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवारदेखि विहिवार बिहान ९ः ३० देखि बेलुका ५ : ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३ : ३० सम्म लिन सक्नेछन् ।
तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत Shangri-la Customer Care मा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याजदर, ATM, Mobile Banking, Internet Banking मा देखिएका विभिन्न समस्याहरुका समाधानका उपायहरु, बैंकको हरेक सन्ध्याकालिन तथा बिदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवामार्फत प्राप्त गर्न सकिनेछ ।
यस ईकाइको शुरुवात भएप्रश्चात बैंकका ग्राहकहरुले घर आँगनमै बसी फोनमार्फत नै बैंकसँग सम्वन्धित हरेक जिज्ञासा सजिलैसँग प्राप्त गर्न सकिने भएकाले यसबाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस Shangri-la Customer Care इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उहाँहरुको समास्याहरुका बारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको बैंकले जनाएको छ ।
यदि कुनै समस्या Shangri-la Customer Care इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरुद्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको सीईओ श्रेष्ठले बताए । दैनिक रुपमा सयौंको संख्यामा यस Shangri-la Customer Care मा आएका कलहरुको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरुलाई बैंकले पूर्णरुपले समाधान गर्दै आएको जानकारी दिएको छ ।
बैंकको नेपालभरका जुनसुकै शाखा कार्यालयमार्फत सेवा लिएका ग्राहकहरुले केन्द्रमा रहेको यस Shangri-la Customer Care मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्नेछन् । तसर्थ यस सम्वन्धि सेवाले आगामी दिनहरुमा यस Shangri-la Customer Care ले ग्राहक तथा सरोकारवालाहरुलाई थप लाभान्वित गराउने कुरामा बैंकले विश्वास लिएको छ ।
यस Shangri-la Customer Care बाट हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधि खुल्ला गरी ग्राहकहरुलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिने बैंकले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार