एमालेबाहेक अर्को राष्ट्रिय शक्तिलाई जिताए देशका लागि दुर्भाग्य हुन्छः ओली
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १९:४६:२६
१६ कात्तिक, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेलाई छाडेर सत्ता गठबन्धनलाई जिताए त्यो देशका लागि दुर्भाग्य हुने बताएका छन् । उनले देशलाई दुर्भाग्यमा जानबाट बचाउनका लागि एमाले नेतृत्वको गठबन्धनलाई मत दिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटक नेकपा एमालेबाहेकको राष्ट्रिय शक्तिलाई जनताले मतदान गर्न नहुने बताए । आगामी निर्वाचनमा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्दै ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नहुने दावी गरे ।
ओलीले यसपल्ट जनाताले नेकपा एमाले पार्टीबाहेक अर्को शक्तिलाई राष्ट्रिय शक्ति बनाउन नहुने भन्दै एमालेलाई नै त्यो राष्ट्रिय शक्तिका रुपमा जनताले पठाउनुपर्ने बताए । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी रहेको र अहिले राष्ट्रिय शक्ति एमाले बनेन्,एकल बहुमत आएन भने देश दुर्भाग्यमा जाने ओलीको भनाइ छ ।
उनले कसैगरी पनि अहिले सत्तामा रहेका दलहरुलाई फेरी पनि सत्ताको जिम्मा दिन नहुने भन्दै अहिलेको सत्ता गठबन्धनमा रहेका दल र नेताहरु कोही पनि जनताले छानेर पठाएको नभएको ठोकुवा गरे । ओलीले कांग्रेस माओवादी लागायतका नेताहरु परमादेशी भएको र किर्ते मुद्दा बनाएर सरकार हडपेको बताए ।
उनले भने,‘सबैभन्दा बढी जाली, कीर्तेहरुले जित्ने होइन । यी त जालीकीर्ते हुन् । सरकार बनाउने संसद्को कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ भने । प्रधानमन्त्री अदालतले हटाउँदैन । संसद्को के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ भने । चुनावको के काम ? संसद्को के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यसदिनयता अदालत बेहाल अवस्थामा छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार