कांग्रेसले गठन गर्यो बस्नेतको नेतृत्वमा केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समितिः को-को छन् समितिमा (हेर्नुहोस् सुचीसहित)
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २१:२२:५६
१६ कार्तिक, काठमाडौं । “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९ लाई मध्यनजर गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन सुरक्षा समन्वय उपसमितिको गठन भएको छ । निर्वाचन सुरक्षा समन्वय उपसमितिका संयोजक बस्नेतले सहसंयोजक, सचिवालय सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजक र सदस्यहरु मनोनयन गरि जिम्मेवारी बाँडफाँड गरेका छन् ।
नवगठित केन्द्रीय निर्वाचन सुरक्षा उपसमितिले देशभरका सुरक्षा निकाय तथा संयन्त्रसँग समन्वय गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९ लाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गराउन भूमिका खेल्ने छ । उपसमितिको सहसंयोजकमा गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ चयन भएका छन् भने २४ सै घण्टा स्टाण्डबाई रहने गरी सचिवालयमा ९ जना वरिष्ठ सदस्य तोकिएका छन् ।
सचिवालय सदस्यहरुमा पूर्व सशस्त्र एआईजी सुबोधकुमार अधिकारी, वरिष्ठ पत्रकार एवं महाधिवेशन प्रतिनिधि ईन्द्रबहादुर रिजाल, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, ठानप्रसाद पोखरेल, ई.कमल कार्की, कृष्णजी खड्का, निरन्जन केसी, दिनेश विक्रम शाह र केशव पुरी रहेका छन् ।
संयोजक, सहसंयोजक तथा सचिवालय सदस्यहरुले गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुख एवं सम्बन्धित उच्च सुरक्षा अधिकारीहरु, प्रदेश डीआईजीहरु, नेपाली सेनाका पृतनापति तथा जिल्लास्थित सिडिओ र एसपीहरुसँग समन्वय गरि समग्र सुरक्षा अवस्था बारे जानकारी लिने र आवश्यकता अनुसार परिचालन गर्ने कार्यभार तोकिएको छ ।
त्यस्तै प्रदेश संयोजकहरुले आआफ्नो प्रदेशको सुरक्षा अवस्था, घटना एवं सम्भावित सुरक्षा थ्रेटको तथ्याङक संकलन गरि प्रदेशका सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने तथा सोको रिपोर्ट सचिवालयमा पठाउने क्षेत्राधिकार पाएका छन् । मनोनित प्रदेश संयोजकहरुमा उत्तम चापागाई (भोजपुर) प्रदेश नं. १, लोकेश सिंह (बारा) मधेशप्रदेश, विनोद पन्त (काठमाडौं) बागमती, ऋषि काफ्ले (कास्की) गण्डकी, प्रकाश कुमार नेपाल लुम्बिनी, निरञ्जन केसी (सुर्खेत) कर्णाली, कृष्ण पनेरु (कञ्चनपुर) सुदुरपश्चिम रहेका छन् ।
यसैगरी जिल्ला संयोजकमा भागवत प्रकाश मल्ल स्याङजा, सिजन गुरुङ्ग सुनसरी लगायत ७७ जना रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा यूवराज पाण्डे, बद्रीकुमार पौडेल, शिवसंसार श्रेष्ठ, हरिबोल भण्डारी लगायत रहेका छन् ।
हेर्नुहोस् पुरा सुचिः-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार