प्रधानमन्त्री र मन्त्रीहरूलाई सरकारी स्रोतमा मात्रै रोक लगाएको होः प्रमुख आयुक्त
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २१:३५:८
१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री र मन्त्रीसहित सार्वजनिक पद धारण गरेका पदाधिकारीलाई निर्वाचनका क्रममा सरकारी स्रोतको दुरुपयोग नगर्न आग्रह गरिएको बताएका छन् । उनले यस्ता जिम्मेवार पदमा रहेकाहरुले आयोगलाई जानकारी दिएर सरकारी र स्रोतसाधन प्रयोगविना चुनाव प्रचारप्रसारमा जान बाधा उत्पन्न नगरिएको प्रष्ट्याएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको निर्वाचन क्षेत्र डडेल्धुरामा चुनावी अभियानका लागि जान निर्वाचन आयोगले रोक लगाएको भन्दै बुधबार दिनभर जसो समाचारहरु आएपछि डाकिएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले दलहरुले हस्ताक्षर गरेको निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री,मन्त्री र अन्य उच्च तहका कर्मचारीले निर्वाचनमा सरकारी स्रोतको प्रयोग गर्दा नीति विपरित हुने भएकाले रोक्नुपरेको बताए ।
प्रमुख आयुक्त थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिनका लागि आफु नै आउनु परेको पनि बताए । निर्वाचन आचारसंहिता पालना गरेर चुनावी प्रचारप्रसारमा लाग्न राजनीतिक दल र तिनका नेताहरुलाई उनले आग्रह गरे ।
हालसम्म ७१ जना व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघन गरेका विषयमा स्पष्टीकरण सोधेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनका विषयमा निगरानी गर्न स्थानीय प्रशासनलाई पनि परिचालन गरिएको बताए । उनले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिए । थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।
आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए । मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव आएको बताउँदै उनले यसमा अध्यायन गरिने बताए । थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार