‘कान्छो सीईओ’ नै दोहोरिए एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमाः दोस्रो इनिङ थप सफल हुने विश्वास
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २३:४१:३७
१६ कार्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपानेले पुर्ननियुिक्त पाएका छन् । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंक सञ्चालक समितिले आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्ष अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । आज कात्र्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले उनलाई दोस्रो कार्यकालका लागि नियूक्त गर्ने निर्णय गरेको छ । उनको दोस्रो इनिङ थप सफल हुने विश्वास बैंक सञ्चालक समितिले लिएको छ ।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा यसै बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको ०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई ०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका छन् ।
उनी बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानको बैंकमा पु¥याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ.व. सन् २०१९÷२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।
न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रैमासमा खुद मुनाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटीएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।
त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिशेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू.२७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन सफल भएको छ ।
प्रमुख कार्यकारी अधिकृतको रुपमा न्यौपानेको कार्यकाल आ.व. २०७३/७४ देखि गत आ.व. २०७८/७९ सम्म यस बैंक तथा समग्र बैंकिङ्ग क्षेत्रको विभिन्न सूचकांकहरुको तुलनात्मक अवस्था निम्नबमोजिम रहेको बैंकले जनाएको छ ।
न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ.व. २०७३/७४ मा बैंक वासलातको आकारमा १० औं स्थानमा थियो । उक्त वर्ष १०१.१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आ.व.सम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८.४२ अर्ब रुपैयाँ पुगेको छ । आ.व. २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थान हो । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको वासलातको आकार २.१८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आ.व. २०७८/७९ मा ३.७२ गुणाले वृद्धि गर्दै २६८.२४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको वृद्धि २.४३ गुणा मात्रै भएको थियो ।
त्यसैगरी बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ । आ.व. २०७३/७४ मा ८६.७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९ औं स्थानमा रहेको बैंकले गत आ.व.सम्म आइपुग्दा निक्षेपको आकार २९४.९८ अर्ब रुपैयाँ पु¥याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आ.व.को प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ । समग्र बैंकिङ्ग क्षेत्रमा यस अवधिमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले ४.१५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ । आ.व. २०७३÷७४ मा कासा डिपोजिट २८.२७ अर्ब रुपैयाँ रहेकोमा गत आ.व.सम्म आइपुग्दा ११७.३९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि १.९३ गुणामात्र वृद्धि भएको छ ।
बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्यकारण आम ग्राहकहरुले प्रगाढ विश्वास दर्शाउनु हो । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको ५ वर्षको अवधिमा ग्राहकहरुको संख्यामा ६ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आ.व.सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुर्याउन सफल भएको छ । साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । ५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आ.व. सम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ । उक्त अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १.६६ गुणाले वृद्धि भएको छ ।
पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ । आ.व. २०७३÷७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ४५ हजार ६ सय भन्दा बढी पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग ६.६० गुणा र इन्टरनेट बैंकिङ्ग १.६७ गुणाले वृद्धि भएको छ ।
साथै, यस बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा कार्यालय २.२ गुणा, एटीएम २.२६ गुणाले वृद्धि भएको छ ।
आ.व. २०७३/७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँसहित बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी ४.२७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी १.९ गुणाले वृद्धि भएको छ । साथै, बैंकको सञ्चालन नाफा ४.३२ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले वृद्धि भएको थियो । यस अवधिमा स्व–पूँजीमा प्रतिफल १.०१ गुणाले वृद्धि गर्दै १९.५२ प्रतिशतबाट १९.६५ प्रतिशत, प्रतिशेयर आम्दानी १.७८ गुणाले वृद्धि गर्दै २१.९६ रुपैयाँबाट ३९.१३ रुपैयाँ पुगेको छ । समग्र बैंकिङ्ग क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्व–पूँजीमा प्रतिफल ०.६० गुणा र प्रतिशेयर आम्दानी ०.८४ गुणाले वृद्धि भएको छ । यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट २.७ गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय तथा उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै समग्र बैंकिङ क्षेत्रलाई पुनः परिभाषित गर्न सफल भएको छ । रणनीतिक तथा दीर्घकालिन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपाने यस बैंकलाई नयाँ उचाईमा पु¥याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् ।
नेपालको बैंकिङ्ग क्षेत्रमा गरेका विशेष योगदानको मुल्यांकन गर्दै न्यौपानेले सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री चतुर्थबाट विभूषित भएका छन् । त्यसैगरी उनले मुलुकभरका सीईओहरुको संस्था म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत सम्मानित भैसकेका छन् । उनी बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ्ग सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित भएका छन् ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारासहित सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बनाउन मुलुकको वित्तीय पहुँच, वित्तीय समावेशिता, कर्जा पहुँच, गरिबी निवारण, रोजगारी सृजना, वित्तीय समानता विकास, सामाजिक न्याय जस्ता राष्ट्रिय लक्ष्य प्राप्तिमा वहाँ प्रमुख कार्यकारी अधिकृतमा भएको पुर्ननियुक्तिले थप योगदान पुर्याउने विश्वास बैंकले लिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार