सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार १५:२७:४४
१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न(गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हा ।
आयोगले निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन भनेको छ । मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारको मर्मत सम्भार गरी सुचारू गर्न भनेको छ ।
लोक कल्याणकारी विज्ञापनमा निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्री प्रकाशन र प्रसारण हुने व्यवस्था गर्न भनिएको छ भने सरकारी, सामुदायिक तथा निजी अस्पताल, नर्सिङ होम लगायत सबै स्वास्थ्य संस्था निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल टेलिकम, निजी क्षेत्रका सञ्चार सेवा प्रदायक संस्था तथा विकास आयोजना लगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवा बिस्तार गर्नुपर्ने भए तत्काल मर्मत र सेवा बिस्तार गरी चालु अवस्थामा राख्न भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार