दोस्रो चरणको चुनाव प्रचार अभियान सुरु, देउवा र ओलीलाई हेलिकोप्टरको सुविधासहित सुरक्षा व्यवस्थामा समेत कडाई
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार १६:३९:३०
१७ कात्तिक, काठमाडौं । आजदेखि दोस्रो चरणको चुनाव प्रचार अभियाान सुरु भएको छ । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा मनोनयन दार्ता गरेयता घरदैलो कार्यक्रम गर्दै आएका राजनीति दल र उम्मेदवारहरुले आजदेखि चुनाव प्रचार अभियानलाई तिब्र बनाउँदैछन् । निर्वाचनको प्रचारका कार्यक्रम गर्न आजदेखि मंसिर १ सम्म निर्वाचन आयोगले खुल्ला गरेको छ ।
हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभालगायतका कार्यक्रम गर्न पाउने छन् । आयोगले उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँने बताएको छ । चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरुले देश दौडाहा सुरु गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ । यही अनुमति लिएर शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले देउवा र ओलीलाई हेलिकोप्टर प्रयोगको अनुमति दिइएको हो ।
ओली र देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने भनिएको छ । प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्नेछ ।
मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइनेछ । स्थानीय तहका जनप्रतिनिधि भने चुनाव प्रचारमा संलग्न हुन नपाउने भएका छन् । उम्मेदवारको प्रचारमा गएमा आयोगले अवस्था अनुसार जरिवाना र कारवाही गर्नेछ । आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइनेछ ।
उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत नपाउने भएका छन् । आयोगले आचारसंहिता उल्लंघन नगरी र खर्चको सीमाभित्र रही चुनाव प्रचार गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई स्मरण गराएको छ । आयोगको यो निर्देशनपछि दलका शीर्ष नेताहरू चुनावी प्रचारका लागि देश दौडाहामा निस्कन थालेका छन् ।
आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्नेछ । आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था आचारसंहितामा छ । हेलिकोप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलका लागि आयोगले निर्धारण गरेको खर्चको सीमाभित्र रहनुपर्ने हुन्छ । आयोगले राजनीतिक दललाई बढीमा साढे ५ करोड रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ ।
निर्वाचन प्रचारको दोस्रो चरण बिहीबारदेखि सुरु हुने भएपछि आयोगले दलहरूलाई आचारसंहिता पालनामा ध्यान दिन पुनः आग्रह गरेको छ । कात्तिक १२ देखि बुधबारसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ संस्था र व्यक्तिलाई स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् । बिहीबारदेखि मंसिर १ सम्म दोस्रो चरणको निर्वाचन प्रचार संयमित र व्यवस्थित गरिदिन उनले आग्रह गरेका छन् । आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आवश्यक प्रबन्ध मिलाइएको उनले बताए ।
बिहीबारदेखि आमसभा, कोणसभा गर्न पाउने भएपछि आयोगले उम्मेदवारलाई आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको उम्मेदवारले बढीमा ३३ लाख र प्रदेशसभाका उम्मेदवारले २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।
त्यस्तै जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि नै स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्ने नियम बनाइएको छ । जुलुस वा आमसभामा भाग लिने, प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा भएको लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, गम्छा, मास्क, लकेट लगाउन र झोला बोक्न आचारसंहिताले रोक लगाएको छ ।
कसैको घर र सार्वजनिक स्थलमा दलको झन्डा, निर्वाचन चिह्न र तोरण राख्न पनि रोक लगाएको छ । विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम र व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार, निर्वाचन खर्च दिन नहुने आचारसंहितामा उल्लेख छ ।
जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । प्रचारमा बालबालिकाको प्रयोग गर्न रोक लगाइएको छ । भित्तेलेखन, सवारीसाधनको प्रयोग गरेर ¥याली आयोजना गरी प्रचार गर्न पनि आचारसंहिताले प्रतिबन्ध गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाएको दाबी गरेको छ । विप्लव समूहले निर्वाचन बिथोल्ने घोषणा गरेपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको हो । आयोगले जुन राजनीतिक दल वा समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर सुरक्षा योजना बनाएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार