मोरङ-६ का मतदाताको कांग्रेस उम्मेदवार डा. शेखर कोइरालासँग अपेक्षा !
केदार भट्टराई (काका)
कात्तिक १७, २०७९ बिहिबार १८:३६:५
१७ कात्तिक, विराटनगर । विगतदेखि नै केन्द्रीय राजनीतिमा पकड जमाउँदै आएको नेपालकै दोस्रो ठूलो र पुरानो शहर हो, मोरङको विराटनगर । योभन्दा पछि विस्तार भएका शहरहरु कहाँबाट कहाँ पुगिसके । तर, विराटनगरलाई बाहिरबाट जसरी हेरिन्छ त्यो अनुसार यसको आन्तरिक पाटो चर्चा योग्य छैन् ।
गिरिजाप्रसाद कोइराला रहँदै पनि विराटनगरको अहिलेको क्षेत्र न.६ का अधिकांश भाग विकासको ओझेलमा परे । माओवादी द्वन्द्वकालमा पूर्वी पहाडी जिल्लाबाट झरेकाहरुको एकसाथ मूलसडकको पश्चिमतर्फ नयाँ बस्ती बस्दा त्यसलाई वैज्ञानिक र व्यवस्थित बनाउने नेता त्यहाँ हुर्किएनन् । जित्न सकिने निर्वाचन क्षेत्र खोज्ने क्रममा यो क्षेत्रमा पुगेका विजयकुमार गच्छदारले मात्र चाहेको भएपनि यो क्षेत्र विराटनगर भन्न लायक बन्थ्यो । तर, शक्ति र सम्भव हुँदा पनि उनले जनताको मत मात्रै लिएर बाहिरिए ।
तत्कालीन मोरङ ७ र अहिले क्षेत्र न. ६ रहेको यो क्षेत्रमा तत्कालीन फोरम लोकतान्त्रिकका विजय गच्छदारलाई पराजित गर्दै नेपाली कांग्रेसका डा.शेखर कोइराला विजयी हुँदा धेरैको अपेक्षा थियो कि अब मोरङका पनि दिन फर्किने छन् । चिकित्सा पेशाबाट राजनीतिमा आएका कोइरालाले ११ हजार ३ सय ८६ मत पाउँदा गच्छदारले ९ हजार ८ सय ५० मत पाएर दोस्रो पटक हारेका थिए । तर, कोइराला लाभको पदमा पुगेन र उनको बाहिरी प्रयासले मात्र यो क्षेत्रको मुहार फेर्न सकेनन् ।
२०७४ मा नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले काेइरालालाई हराए । तर, यो क्षेत्रमा पण्डितको विजय झन अभिसाप बन्नपुग्यो ।भएका संरचनाहरुको समेत अहिले निशाना मेटिदै गएको छ । आसन्न मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेबीचमा नै प्रतिस्पर्धा हुँदैछ । उम्मेदवार पुरानै छन् ।
विगतदेखि उम्मेदवार फेरिदा पनि यो क्षेत्रका समस्या घट्नुको साटो झन्झन् बढेर गएका छन् । केही वडाहरुले त नेताहरुलाई नै प्रवेश निषेधसमेत गरेका छन् । कोइराला यो पटक निर्वाचित भए केन्द्रमा राम्रो पकड रहने र उनले बिगतदेखि यो क्षेत्रलाई बनाउन चाहे-नचाहेको बुझ्न सकिने आधारमा पनि उनीबाट यो क्षेत्रका मतदाताले धेरै ठूलो अपेक्षा गरेका छन् । कोइराला आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुग्नसक्ने र अहिले पनि निर्वाचन जितेर गएको खण्डमा केन्द्रीय आयोजना र बजेटमा प्रभाव पार्न सक्ने भएकाले पनि मतदाताको अपेक्षा स्वभाविक मान्छन् स्थानीय नेताहरु ।
कोइराला अहिले चुनावी अभियानका क्रममा जनताका घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाटमा व्यस्त छन् । उनीसँग यो क्षेत्रका वर्तमान समस्या समाधान गर्ने प्रतिबद्धता मतदाताहरूले खोजिरहेका छन् । विराटनगरलाई दोस्रो ठूलो शहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमूलुक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी उपलव्ध गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलव्ध गराउने प्रतिबद्धता कोइरालाले गर्नुपर्ने मतदाताको माग छ ।
यस्तै भत्किएर सवारी चलाउन नसकिने अवस्थामा पुगेका ठूला र साना सडक तत्काल बनाउनुपर्ने, अपुरो रहेका भित्री सडकका काम तत्काल अगाडि बढाउनुपर्ने, काम नगर्ने ठेगदारलाई कारवाही गर्नुपर्ने, सुकुम्वासी समस्या समाधान गर्नुपर्ने जस्ता कामको अपेक्षा कोइरालाबाट मतदाताले गरेका छन् । यो क्षेत्रमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलव्ध गराउने विषय पनि पेचिलो बन्दै गएको छ ।
स्थानीय स्तरदेखि राष्ट्रिय स्तरका खेलमैदान निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन गर्नेदेखि विराटनगरको चक्रपथ निर्माणमा आवश्यक बजेट उपलव्ध गराउने, केशलिया खोलाको किनारमा विराटनगर रानीदेखि दुहवीसम्म सडक करिडोर निर्माण गर्ने जस्ता पुर्वाधार विकासका ठूला आयोजनामाथि पनि उम्मेदवार कोइरालाको प्रतिबद्धता मतदाताले खोजेका छन् । विगतमा जितेर पदमा पुगेका कुनै पनि नेताले काम नगरेपछि डा. कोइरालासँग अपेक्षासहित स्थानीयले प्रतिबद्धता खोजेका हुन् ।
हाल यस क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, मंगोल नेशनल अर्गनाइजेशनका मोहनबहादुर राई ,राप्रपाका गोपाल क्षेत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखीराम माझी, जनमत पार्टीका वुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल राजवंशीलगायत उम्मेदवार छन् । तर, धेरै आशा र भरोसा भने कोइरालाप्रति नै छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल मतदाता एक लाख २६ हजार सात सय ६१ छन् । मोरङ क्षेत्र नं ६ अन्तर्गत बूढीगंगा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं ४, ५, ६, ७, ९, ११ र १२, सुन्दरहरैचा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ नं वडा रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बूढीगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर र उपप्रमुखमा सोही पार्टीका अमृता कुमारी गच्छदारले जितेका छन् ।
यस्तै विराटनगर महानगरपालिका अन्तर्गत वडा नं ४ को वडाअध्यक्षमा नेकपा एमालेका जितन थापाले दुई हजार ९२, वडा नं ५ मा नेकांका सन्तोष न्यौपानेले एक हजार नौ सय ९४, वडा नं ६ मा नेकांका हरिषचन्द्र सहनीले दुई हजार दुई सय ९५, वडा नं ७ मा नेकांका मधुबाबु तिवारीले एक हजार ३१, वडा नं ९ मा नेकांका विश्वनाथ भगतले एक हजार तीन सय ४२, वडा नं ११ मा नेकपा एमालेका तीर्थेन्द्र न्यौपानेले एक हजार पाँच सय ५२ र वडा नं १२ मा जनता समाजवादी पार्टी नेपालका हीरालाल कामतले एक हजार तीन सय ७४ मत ल्याइ विजयी भएका थिए ।
यसैगरी सुन्दरहरैचा नगरपालिका–२,४ र ६ वटा वडा मात्रै जितेको छ । प्रतिनिधिसभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार नौ सय ४१ मत ल्याएर विजयी हुँदा कोइरालाले ३३ हजार दुई सय ६६ मत पाएका थिए । उक्त निर्वाचन कांग्रेसकै आन्तरिक गडबढीका कारण कोइरालाले हार बेहोर्नु परेको थियो । अहिले नयाँ मतदाता पनि थपिएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिका कांग्रेसले जितेको थियो । तर, मेयर बनेका भीम पराजुलीले बरगाछी पश्चिम क्षेत्रलाई योजनामै विभेद गरेको स्थानीयहरु बताउँछन् । महानगरलाई डा. कोइरालाले पनि दवाव दिन नसकेको स्थानीयको भनाइ छ । प्रदेश सभासद केदार कार्कीबाट पनि यो क्षेत्रका मतदाता सन्तुष्ट छैनन् । प्रदेशमन्त्री भएर पनि कार्कीले कुनै काम नगरेको गुनासो स्थानीयको छ ।
गत बैशाखको स्थानीय तहको निर्वाचन परिणामलाई हेर्दा यो निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा कांग्रेस एक्लैले २८ हजार ४२८ मत प्राप्त गरेको छ । गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९ र एकीकृत समाजवादीले ३ हजार ३६९ मत प्राप्त गरेका थिए । गठबन्धनको मतलाई आधार मान्दा कांग्रेस यो पटकको निर्वाचनमा मोरङ ६ मा सहज अवस्थामा देखिन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार