उमेर बढ्दै गएपछि ज्येष्ठ नागरिकलाई घरमै उपचार
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २०:१९:५८
राकेशकुमार मिश्र
१७ कात्तिक, खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा. विनोद थापा कहाँ पर्चा काट्दै थिए । भिलोरपुरुवाका ८५ वर्षीय यादवको तिघ्राको समस्या बल्झिएपछि अहेब कैराती उपचारमा खटिउका थिए । ज्येष्ठ नागरिक यादवलाई घरबाटै गाउँपालिकाको एम्बुलेन्समा राखेर नेपालगञ्ज लगिएको थियो । गाउँपालिकाले नै उपचार गरिदिने भएपछि अहेव कैराती त्यसका लागि खटिएका थिए ।
गाउँपालिकाले यादवलाई यसअघि पनि नेपालगञ्जमा ल्याएर उपचार गरेको थियो । चैत्र महिनामा होलियाको पिप्रहवा भन्दा पारीपट्टी भारतमा लाग्ने शुक ‘जानकी’ बजारमा जाने क्रममा यादवलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका ज्येष्ठनागरिक यादव पालिकाको सम्पर्कमा आएपछि उनको उपचार सबै पालिकाले गर्दै आएको छ । यादवको शिवशक्ति फार्मेसीमा उपचार गरिएको थियो । फेरि दुखाई बल्झिएपछि अहेव कैरातीले डा. विनोद थापाकहाँ पु्याएका हुन् । अहेव कैराती भन्छन, ‘‘थाईमा चोट लागेको छ । पहिला शिवशक्तिमा उपचार ग्यौ । फेरि दुखाई बल्झिएपछि डा. विनोद थापालाई देखाएको छु ।’’
गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन भएपछि ज्येष्ठनागरिकले घरमै उपचार सेवा पाएका छन् । पालिकामा ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई कुनै समस्या भएमा स्वास्थ्यकर्मी घरमै पुग्छन् । स्वास्थ्य जाँच गर्छन् । घरमा उपचार सम्भव नभए पालिकाको स्वास्थ्य संस्थामा ल्याउँछन् । त्यहाँबाट पनि उपचार सम्भव नभए सुविधा सम्पन्न तथा विशेषज्ञ सेवाका लागि नेपालगञ्जका ठूला अस्पतालमा ल्याएर उपचार गराइन्छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग जोडिएको यो कार्यक्रमबाट ज्येष्ठ नागरिकले राम्रो लाभ लिएका छन् । गत वर्ष फाल्गुनदेखि यो कार्यक्रम लागू गरिएको हो । चैत्रदेखि कोरोनाको लहर शुरु भएकाले बीचमा केही महिना धेरैले लाभ लिन सकेका छैनन् । घरघरमा पुगेर स्वास्थ्यकर्मीले प्रचार–प्रसार गरिरहेका छन् । गाउँटोलमा प्रचारप्रसार हुँदै गएको छ । पालिकाले गत आर्थिक वर्ष २०७८÷७९ को बजेटमा यो कार्यक्रमका लागि रु ३० लाख छुट्याइएको थियो ।
प्रदेश सरकारले ८४ वर्ष माथिकालाई घरघरमा सेवा दिने नीति लिएको छ । डुडुवा गाउँपालिकाले ७० वर्ष माथिलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरेको थियो । विस्तारै ७० वर्ष हुँदै ६० वर्षसम्मकाले यो सेवा लिन थालेका छन् । बेतहनी स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक हेमन्त शर्माले ज्येष्ठनागरिकले बिरामी छु भनेर फोन गरेपछि घरमै स्वास्थ्यकर्मीको टोली पुग्ने बताए । “स्वास्थ्यकर्मीलाई फोन गरे पनि हुन्छ । गाउँपालिकाका अध्यक्षलाई फोन गरे पनि हुन्छ । जहाँ फोन गरे पनि ज्येष्ठ नागरिक बिरामी छन् भन्ने थाहा पाएपछि स्वास्थ्यकर्मीको टोली घरमै पुग्छ”, जनस्वास्थ्य निरीक्षक शर्माले भने, “पहिला घरमै जाँच गर्छौं । त्यहाँ सम्भव नभए स्वास्थ्य संस्थामा ल्याउँछौँ । यहाँबाट पनि नभए नेपालगञ्जको ठूला अस्पतालमा पु¥याउँछौँ । बिरामीलाई उपचार गरेरै घरमा लगेर छोडिदिन्छौँ ।”
पिप्रहवाका ७५ वर्षीय सुहारा तेली बिरामी रहेको कुरा पालिका अध्यक्ष नरेन्द्र चौधरीमार्फत स्वास्थ्यकर्मीले थाहा पाए । तेलीको गोरुले हानेर तिघ्राको हड्डी भाँचिएको रहेछ । भेरी अस्पतालमा ल्याएर उनको निशुल्क अप्रेसन गरेको अहेव कैरातीले बताए । पिप्रहवाका ७६ वर्षीय धारा पासीको कम्मरमा समस्या भएपछि १८ दिन बढी भेरी अस्पतालमा उपचार गरियो । बाबागाउँका केशव अहिरलाई पटकपटक नेपालगञ्जमा ल्याएर उपचार गरिएको छ ।
पालिकामा एउटा एम्बुलेन्स सधैं तयारी अवस्थामा रहने गर्दछ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती वा अन्य बिरामीलाई ल्याउन र लैजान एउटाले नभ्याउने भएपछि पालिकाले अर्को एम्बुलेन्स खरिद गरेको छ । खरिद गरिएको नयाँ एम्बुलेन्स ज्येष्ठ नागरिकलाई ल्याउन र लैजान मात्रै प्रयोग गर्ने रणनीति बनाइएको छ ।
ज्येष्ठ नागरिकको बीमा
गाउँपालिकाले ज्येष्ठ नागरिकको बीमा गराइरहेको छ । पालिकाका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढाले अहिलेसम्म एक हजार दुई सय ५६ जनाको बीमा भइसकेको जानकारी दिए । बीमा गरेपछि सरकारले एक सय ५० किसिमका औषधि निःशुल्क दिन्छ । एक सय ५० वटाको नेपाल सरकारअन्तर्गतको लिष्ट नपरेको औषधि पालिकाले किनिदिन्छ । सरकारले रु एक लाख बराबरको औषधि व्यहोर्ने बताएको छ । रु एक लाखभन्दा बढी खर्च आएमा त्यसलाई पालिकाले व्यहोर्ने गर्दछ । बीमा सुविधाबाट बञ्चित भएकाको उपचार खर्च पनि पालिकाले नै व्यहोर्दै आएको छ ।
पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै अघि बढेको छ । बेतहनी, कम्दी र हिरमिनियामा तीन वटा निशुल्क ल्याब ‘प्रयोगशाला’ छन् । वनकट्टीमा राख्ने तयारी गरिएको छ । ल्याबमा रगत, दिसा, पिसाव, खकार, मुटु, किड्नी, कलेजो, सुगर, थाइराइडलगायत सबै जाँच हुन्छ । बाहिर यी सबै जाँच्दा तीन हजार बढी खर्च लाग्छ । यहाँ सबै निःशुल्क गरिएको छ । पालिकामा पाँच वटा स्वास्थ्य चौकी रहेको छ । होलिया, बेतहनी, वनकट्टी, कम्दी र हिरमिनियामा स्वास्थ्य चौकी छन् । वडा नं ४ को शाहपुरुवामा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका समुदायका लागि होलियाको कुडुवा र कम्दीको डलैपुरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ ।
डुडुवा गाउँपालिकामा ४० हजार सात सय चार जना जनसङ्ख्या रहेको छ । स्वास्थ्य संस्थामा दैनिक ५० देखि एक सय ५० जनासम्म उपचार गराउन आउँछन् । एक वर्षमा २५ हजार बढीले सेवा लिने जनस्वास्थ्य निरीक्षक शर्माले बताए । साउनदेखि असारसम्म नौ हजार दुई सय ४२ जनाले उपचार सेवा लिएका छन् । कोरोनाले यो वर्ष असर परेको देखिन्छ । पालिकामा बेतहनी, वनकट्टी, कम्दी र हिरमिनियामा प्रसूति केन्द्र रहेका छन् । यहाँबाट चौबिसै घण्टा सेवा दिइन्छ ।
कुपोषण हटाउन पालिकाले काम गरिरहेको छ । बच्चाको तौल, उचाइ र पाखुराको नाप लिने गर्दछ । कुपोषित बालकलाई निःशुल्क खाने औषधि दिइन्छ । पालिकामा भएन भने भेरी अस्पतालको पोषण उपचार केन्द्रमा रिफर गरेर उपचार गर्छ । यो वर्ष १५ जना बच्चाले सेवा लिएका छन् । त्यसमा चार जनालाई रिफर गरिएको थियो । कोभिडको बिरामीलाई पालिकाले सक्दो स्याहारसुसार ग¥यो । दुई सय ७४ जना सङ्क्रमित भए, २६ जना आइसोलेशनमा बसे र चार जनाको मृत्यु भएको थियो । पिसिआर, एन्टिजेन निशुल्क जाँच गरिएको थियो । जनस्वास्थ्य निरीक्षक शर्माले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, प्रयोगशाला, कोभिडलाई सबै निःशुल्क, एम्बुलेन्स निःशुल्क सेवा दिएको बताए । उनका अनुसार, गर्भवती÷सुत्केरीका लागि एम्बुलेन्समा ५० प्रतिशत र अन्य बिरामीलाई ३० प्रतिशत छुट दिइएको छ ।
पालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि स्वास्थ्यमा करिब दुई करोड रुपैयाँ छुट्याएको थियो । घरघरमा स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, ल्याब स्थापना र सञ्चालन, बेतहनीमा इमर्जेन्सी स्वास्थ्य सेवा सञ्चालन रहेका छन् । ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो वर्ष पालिकाको अहिलेसम्म गाउँसभा नभएकाले यो वर्षको कार्यक्रम प्रभावित बनेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
बाँकेमा ज्येष्ठ नागरिकलाई विशेष फोकस गरेर डुडुवा गाउँपालिकाले मात्रै कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष डुडुवाले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेपछि जिल्लामा भएको मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेर उत्कृष्ट भएको थियो । उमेर चढ्दै गएपछि जो कोही बिरामी हुन्छन् । आर्थिक अवस्थाले उपचार गर्न सम्भव नहुन सक्छ । पालिकाले ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई ठूलो सम्मान गरेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै महानगर
कात्तिक २४, २०८१ शनिबार
नियमविपरीतका संरचना घरधनीले आफैँ थाले भत्काउन
कात्तिक २२, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
जुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार