कुन कुन पार्टीले गर्दैछन् चुनाव बहिष्कार ?
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २१:३८:४७
१७, कात्तिक, काठमाडौं । प्रतिनिधिसभा प्रदेशसभाको आसन्न चुनाव बिथोल्न विप्लव नेतृत्वको नेकपासहित तीन पार्टी योजना बनाउन लागिपरेका छन् ।
शुरुमा चुनाव बिथोल्ने बताउँदै आएकाे नेकपा पछिल्लो चरणमा बहिष्कार गर्ने भाष्यमा पुगेको छ । गएको बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा भाग लिएको नेकपा आगामी मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेश सभाको चुनाव भने बहिष्कार गरेर जाने घोषणा गरेको छ । उसले २०७० को दोस्रो संविधानसभा र २०७४ को चुनाव पनि बहिष्कार गरेको थियो ।
नेकपासँगै आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र निर्वाचन आयोगमा दर्ता ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।
तीन कम्युनिष्ट पार्टीको बुधबार बुद्धनगरमा बसेको बैठकले चुनाव बहिष्कार निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विप्लव, कट्टेल र आहुतीले हस्ताक्षर गरेका छन् । आउँदाे शनिबार पत्रकार सम्मेलन गरी चुनाव बहिष्कारबारे थप जानकारी दिइने पनि पार्टीका नेताहरुले बताएका छन् ।
उनीहरूले विद्यामान शासन व्यवस्था दलाल पूँजीवादी व्यवस्थाको संज्ञा दिँदै यसलाई हटाएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने बताउँदै संघर्ष चलाइरहेका छन् । संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी भन्नेबारे शासन प्रणाली छनौटका लागि जनमत संग्रहको माग गर्दै आइरहेको नेकपा पछिल्लो पटक मागबाट पछि हटेको हो ।
उता मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आसन्न चुनाव बहिष्कार गर्ने घोषणा यसअघि नै गरिसकेको अवस्था छ ।
यता सरकारले भने चुनाव भाग नलिन पाउने अधिकार भएपनि भाग लिन चाहनेहरुका अधिकारमाथि हस्तक्षेप गर्ने र चुनाव बिथोल्ने अधिकार कसैलाई नभएको बताउँदै बिथोल्न काममा सरिक हुनेमाथि कडा प्रस्तुत हुने चेतावनी दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार