सप्तरी २ को प्रदेशसभा २ मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवार बलिया काे ?
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २१:५५:१९
१७ कात्तिक, राजविराज । सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा ‘माओवादी केन्द्र’ का नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादव तथा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।
पैतालीस हजार चार सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा भने महेश यादव, उमेश यादव र लक्ष्मण यादवबीच नै हुने मतदाताको अनुमान छ । यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदनलाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल सङ्घीय समाजवादी पार्टीका मो। परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्दकुमार दास तथा स्वतन्त्रतर्फ सकुन्तलादेवी यादव, रिङ्कुदेवी यादव, गङ्गाराम यादव, नीरजकुमार शाही र दुर्गानन्द यादव पनि चुनावी मैदानमा छन ।
यस क्षेत्रमा राजविराज नगरपालिकाका सबै १६ तथा महादेवा गाउँपालिकाका दुई वडा पर्दछन् । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार तीन सय ४५ र एमालेले एक हजार तीन सय ८७ मत प्राप्त गरेको थियो । यस्तै माओवादीका प्रमुखका उम्मेदवारले पाँच हजार चार सय ४६, कांग्रेसका प्रमुखका उम्मेदवारले चार हजार सात सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले तीन हजार चार सय ८१, एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले दुई हजार आठ सय ९० मत ल्याएका थिए ।
यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले एक हजार एक सय सात मत ल्याउनुभएको थियो । यस मतभारका आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट सङ्घीय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिए । उनी यस पटक समानुपातिकतर्फ उम्मेदवार बनेका छन । त्यतिबेला उहाँका निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका महेश यादव अहिले माओवादी पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदार बनी दोस्रो पटक चुनावी मैदानमा छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरिरहेका छन् । ग्रामीण क्षेत्रमा भने तीन वटै उम्मेदारको मतभार उस्तै उस्तै रहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार