नेप्से दोहोरो अंकले ओरालो, बीमा उपसूचकमा सामान्य वृद्धि
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २२:१२:४६
१७, कात्तिक, काठमाडाैं । शेयरबजार परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । सेन्सेटिभ इन्डेक्सको ३.५० अंकले घटेर ३९७.४३ विन्दुमा पुगेको हो । साथै, १८५ कम्पनीको कारोबार भएको छ, जसमा २७ कम्पनीको मूल्य बढ्दा जम्मा १५३ कम्पनिको मूल्य घटेको छ र ५ कम्पनी स्थिर छ । कूल १८५ वटा कम्पनीमा २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार जम्मा २ वटा कम्पनीमा वृद्धि भएको छ भने अन्य कम्पनीहरुमा ओरालो लागेको छ । निर्जीवन बिमा ०.६२ अंकले र जीवन बिमामा १.४ अंकले वृद्धि भएको छ ।
डेभलोप्मेट बैंकमा ४१.५९, होटल तथा पर्यटन २०.९३, बैकिङ ११.३६, फाइनान्समा १९.४५, हाइड्रो पावरमा २७.६५, माइक्रो फाईनान्समा ४७.२३ अन्य कम्पनीहरुमा ओरालो लागेको छ ।
त्यसैगरी, यूनिभर्सल नेपालको शेयर मूल्य ६.६५ र नबिल ब्यालेन्स फण्ड कम्पनी ५.९२ ले बढेको छ । एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजार बढिको कारोबार भएको छ भने गरीमा विकास बैंकको ३ करोड ६ लाख १८ हजारको कारोबार भएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार