लिपुलेक र कालापानीको समस्या मित्रवत व्यवहारबाटै समाधान हुन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ शुक्रबार १:३८:५४
१७ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिदेशीय सीमा समस्याको समाधान छिमेकी राष्ट्रसँग गरिने मित्रवत व्यवहारबाटै समाधान गर्न सकिने बताएका छन् । उनले लिपुलेक र कालापानीको समस्या नेपाल र भारतबीचको आपसी समझदारीबाटै समाधान गर्न सिकने दावी गरेका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले विवाद र झै झगडाबाट समस्याको निकास नआउने बताए ।
स्थानी तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान गर्न सक्ने भन्दै यसलाई कसैले पनि राजनैतिक नाफा र घाटाको विषय बनाउन नहुने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको तर्क गरे । देउवाले लिपुलेकको समस्या पुरानो भएपनि समाधान गर्न शान्तीपूर्ण वार्ता नै पर्याप्त हुने बताए ।
भारतसँगको सीमा समस्यालाई राजनीतिक मुद्दा बनाउने वित्तिकै लिपुलेक खोसेर फिर्ता ल्याउन सकिन्छ भन्नु भ्रमपूर्ण तर्क भएको भन्दै प्रधानमन्त्री देउवाले विपक्षी एमाले नेता केपी ओलीको भोलि दार्चुलामा हुने कार्यक्रमलाई लक्षित गर्दै लिपुलेक र सीमा क्षेत्रका विषयमा मित्रवत व्यवहार नै उत्तम हुने धारणा राखे । उनले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण गठबन्धन बनेको र त्ही गठबन्धनले आफलाईू प्रधानमन्त्री बनाएको बताए ।
देउवाले पाँच दलीय गठबन्धन अब १०–१५ वर्षसम्म कायम रहेमात्र यसको ओचित्य पुष्टि हुने भन्दै आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताए । राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । उनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ ।’ देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए ।
सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा आइपुगेका हुन् । उनीसँगै चुनावी प्रचारप्रसारका लागि कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहरालगायत नेताहरु छन् ।
देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती परियोजना निर्माणको अघि बढिसकेको दाबी गर्दै डडेल्धुराको विकासका लागि प्रतिबद्ध रहेको समेत बताए । उनले धनगढी–डडेल्धुरा चार लेनको सडक अझ सुन्दर बनाउने बताए । डडेलधुरामा मेडिकल कलेज बनाउने कामको सुरुवात भइसकेको जनाउँदै रकम निकासा हुन बाँकी रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार