तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १०:३५:५९
आजको पात्रो : १८ कात्तिक २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर ४ तारिक २०२२ । कार्तिकशुक्लपक्ष एकादशी, आजको एकादशीलाई ठुली एकादशी, हरिबोधिनी एकादशी भनिन्छ । आषाढशुक्ल एकादशीको दिनदेखि शयनमा रहेका भगवान विष्णु कार्तिकशुक्ल एकादशीको दिन जागा हुने भएकाले आजको एकादशीको विशेष महत्व रहेको छ । वर्षभरी हुने २४ एकादशीको व्रत गर्न सकिएन भने पनि आजको एकादशी व्रत गर्नाले फल प्राप्त हुने मान्यता रहेको छ । एकादशीदेखि पूर्णिमासम्मको पाँचदिनलाई भीष्मपञ्चक भनिन्छ । आज सनातनीहरुले घरमा रहेको तुलसीको मठलाई सजाउने, पूजा गर्ने र साँझ बिवाह गरिदिने चलन रहेको छ । आज बिहान सूर्योदय ०६ः१६ मा हुनेछ भने सूर्यास्त ०५ः१८ मा हुनेछ । पूर्वभाद्रपदा नक्षत्र, ब्याघात योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आजका देवता बायु ग्रहदेव शुक्र हुन् । आजको दिन विशेष आरधना, साधना गर्ने दिन हो । आज भगवान विष्णुको आरधनाले मन, वचन र कर्म पवित्र हुँदै जानेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । पूर्णिमा तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- व्यापार व्यवसायमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आजको दिन परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाईसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- तपाईकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- धनु राशी भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- विगतमा तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशीका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । पूर्णिका तिथि भएका कारण आजको दिन सोचअनुसारको कर्म गर्दा सफलता प्राप्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार