सर्वोच्चको आदेशपछि तोसिमा कार्की चुनावी प्रचारमा उत्रिइन्
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १७:२६:१०
१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगको नाममा आदेश दिएपछि ललितपुर ३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन् ।
उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ ।
अदालतको उक्त आदेशपछि उम्मेदवार कार्कीले प्रचारप्रसारमा तीव्रता दिएकी हुन् । आफूले जित्ने भएपछि षड्यन्त्र गरिएको र त्यसलाई न्यायालयले रोकेको कार्कीले बताएकी छन् । अबको चुनाव आफूले जित्ने दाबी गरेकी छन् ।
ललितपुर–३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी बहालवाला मन्त्री समेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका कार्कीले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको प्रतिक्रिया दिएकी छन् ।
अदालतको आदेशपछि उनी घरदैलोसहितका कार्यक्रममा सक्रिय भएकी छन् । घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर मतदाताकोमा पुगेकी छन् ।
चुनावी प्रचार र घर दैलो कार्यक्रममा उनलाई पार्टीका अध्यक्ष रबि लामिछाने सहभागी भएका छन् । लामिछानेले मतदातासँग डा. कार्कीलाई जिताउन आग्रह गरे ।
रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजनीतिक दलमा नलागेका व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायतका विषय समेटेर बिहीबार मात्र वाचापत्र सार्वजनिक गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार