बझाङका ७ वर्षीय बालकको अरिङ्गालको टोकाइबाट मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १८:०:५९
◊ शिवजी मण्डेल
१८ कात्तिक, बझाङ । बझाङको थलारा गाउँपालिकाका एक बालकको अरिङ्गालको टोकाइबाट मामाघरमा मृत्यु भएको छ । थलारा गाउँपालिका-८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
भाइटिका मान्न डोटीको सायल गाउँपालिका- ५ गुरेना गएकी आमा आरती जोशी सँगै गएका बालकलाई मंगलबार दिउँसो ३:३० बजेको समयमा घर नजिकै अरिङ्गालले टोकेको थियो । बालकलाई अरिङ्गालले टोकेपछि उपचारका लागि स्वास्थ्य संस्था लिएर सुई लगाइएको र औषधी उपचार पछि घर फर्काइएको उनका आफन्तले बताए ।
बालकसँगै अन्य त्यहीँका दुई बालक र एक महिलालाई अरिङ्गालले टोकेको थियो । उनीहरूलाई धेरै अरिङ्गालले नटोकेको र मृत बालकलाई धेरैले टोकेको थियो । उनको आज बिहीबार बिहान ५ बजेतिर मामाघरमै मृत्यु भएको थलारा गाउँपालिका-८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिए ।
उनका अनुसार अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने र त्यसपछि त्यो ठाउँमा बालक जाँदा टोकेको हो । बालक थलारा गाउँपालिका-८ बिस्खेत स्थिति कालिका प्राथमिक विद्यालयमा कक्षा २ मा अध्यनरत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार