एफवान सफ्टले विकास गर्यो युजमाबाईल डटकम
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १८:९:५१
१८ कात्तिक, काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ सँग परिचित गराउनथप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनै पनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन् ।
वेबसाईटमा मोबाईल बैंकिङ सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनिनिरन्तर अपडेट गरिन्छ । युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुनशहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ र भुक्तानीको लोकप्रियमोड बन्दै गएको छ ।
एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने“ मोबाईल बैंकिङ्गको ठुलो संभावना छ,र हामी मानिसहरुलाई टेक्नोलोजीसँगअझ बढि परिचित गराउन चाहान्छौँ , मोबाईल बैंकिङको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामीआशा गछौँ की युज मोबाईल बैंकिङ डट कमले मोबाईल बैंकिङ प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ”
एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जसको १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्षजन शक्तिलाई रोजगारी दिँदै आएको छ । कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ र वित्तीय संस्थाहरुको बैंकिङ अनुप्रयोगहरु निर्माण गरेको छ । युज मोबाईल बैंकिङ डटकम मोबाईल बैंकिङका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास हो । कम्पनीले आमप्रयोगकर्तालाई वेबसाईटमा जान र नविनतम समाचारहरुसँग अखबधिक रहनका लागि युज मोबाईल बैंकिङका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार