चलचित्र ‘महापुरूष : दाेस्राे सातामा प्रवेश गर्दा पाँच करोड कमायाे

नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १९:१४:५९

१८ कात्तिक, काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज (शुक्रबार) दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरुको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ । देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ । यो समाचार तयार पार्दासम्म फिल्मले करिब पाँच करोड कमाएको निर्देशक प्रदीप भट्टराईको दाबी छ ।
शुक्रबार चितवनका दर्शकहरुसँगै फिल्म हेरेर निर्देशक प्रदीपसहितको टोली शनिबार काठमाडौं फर्किने कार्यक्रम छ । एकल बुबाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उत्तारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।
फिल्ममा हरिवंश अचार्य र गौरी मल्लका अलावा मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । जात्रा, जात्रै जात्रा, शत्रुगते जस्ता सफल मानिएका फिल्मका निर्देशक प्रदीप भन्छन्, ‘काठमाडौँ फर्किएसँगै फेरि अर्को चरणको प्रचारप्रसारमा लाग्छौं ।’
एकैसाथ परिवारका सबै सदस्यहरुले हलमा आएर महापुरुष हेरेको र कोही रुँदै त कोही हाँस्दै घर फर्किएको दर्शकको प्रक्रिया पाउँदा खुसी लागेको निर्देशक प्रदीप बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘कोशेढुंगा’ को शुभ मुहूर्त, आजैबाट सुटिङ सुरु
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार