व्याजदेखी सेवा शुल्कसम्म घटाउन माग गर्दै माइतीघरमा प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १९:१५:३७
१८ कात्तिक, काठमाडौं । उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले अनावश्क रुपमा व्याज र सबै प्रकारका सेवा शुल्क बढाएको विरोधमा शुक्रबार माइघरमा प्रदर्शन गरेका छन् । केही दिन देखि विभिन्न जिल्लामा आन्दोलन गर्दे आएका उनीहरुले बैंक तथा वित्तीय संस्थाबाट आफुहरु पीडित भएको भन्दै काठमाडौ केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
काठमाडौं उद्योग वाणिज्य संघ तथा आसपासका उद्योग नगर संघको आयोजनामा माइतीघरमा मौन प्रर्दशन गरेका हुन् । प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी थिए । उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र पंक्तिमा बसेका थिए । बैंकले ब्याजदर प्रिमियम,चालु पूँजी निर्देशिका लगायतका नीतिको उनीहरुले विरोध गरेका छन् ।
व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै माइतीघरमा मौन प्रद्धर्शन गरेका हुन् । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १÷२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
त्यस्तै बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसाियीले राखेका छन् ।
बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरुको रहेको छ ।
धर्नामा , नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याच्यो, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, काभ्रे उद्योग वाणिज्य संघ अध्यक्ष राजेन्द्र पसछे, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत उपस्थित भएका थिए ।
त्यस्तै धुलिखेल उद्योग वाणिज्य संघ, कीर्तिपुर नगर उद्योग वाणिज्य संघ, शंखरापुर नगर उद्योग वाणिज्य संघ, गोदावरी नगर उद्योग वाणिज्य संघ, चन्द्रागिरि वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ, नमोबुद्ध उद्योग वाणिज्य संघ, पनौती उद्योग वाणिज्य संघका अध्यक्षहरु उपस्थित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार