‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो : घनश्याम भुसाल
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार २०:२०:४९
१८ कात्तिक, बुटवल । पूर्वएमाले नेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको बताएका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताएका हुन् ।
रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गरे । सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास बिना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न भुसालले आग्रह गरे ।
आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफुले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे । मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी रुपन्देही क्षेत्र नं. १ ‘क’ का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए । पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताए ।
त्यस्तै प्रदेश १ ‘ख’ का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् । मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्ध बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन नेकपा सरकारले बजेटमै नाराको रुपमा ल्याएको थियो । एकीकृत माओवादी र एमाले मिले बनेको नेकपा पछि सर्वोच्च अदालतको आदेशमा अलग भएर पूर्ववत् दल कायम भएपछि एमालेले बोक्दै आइरहेको थियो । अहिले यो नारालाई एमालले चुनावी घोषणापत्रमै राखेर पार्टीको नाराको रुपमा प्रचार प्रसारमा लगिराखेको छ ।
यसअघि यो नारा एउटा आईएनजीले ड्राफ्ट गरिएको र यसलाई बोकिरहन नहुने तर्क व्यापक उठाइएका थिए । आसन्न चुनावमा लागि ओलीले टिकट नदिएपछि भुसाल एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार उठेका हुन् । उनलाई सत्ता गठबन्धनको समर्थन गरेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार