सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा जेल चलान
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार २०:३१:२३
१८ कात्तिक, काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने जेल चलान भएका छन् । मुद्दाको अन्तिम टुंगो नलागिन्जेलसम्मका लागि उनलाई पुर्पक्षको लागि कारागार पठाउन जिल्ला अदालत काठमाडाैंले आदेश दिएको हो ।
गौशाला प्रहरी वृत्तले जिल्ला सरकारी वकिलको रायमा अदालतमा दायर मुद्दामा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलास तीन दिनसम्म भएको बहसपछि लामिछानेलाई बिहीबार जेल पठाउने आदेश दिएको हो । आदेशबमाेजिम लामिछानेलाई केन्द्रीय कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
नाबालिगले आफू गएको भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा राखेर राति पटकपटक बलात्कार गरेको भन्दै न्यायका लागि प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
जाहेरीको आधारमा लामिछानेलाई गएको असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जबर्जस्ती करिणी कसुरमा अदालतबाट पटकपटक म्याद थप गरी अनुसन्धान गरेको थियो ।
अनुसन्धानपछि जिल्ला सरकारी वकिलको रायमा उनीविरुद्ध सोमबार १२ वर्ष कैदसजाय र पीडित नाबालिगकलाई उचित क्षतिपूर्तिको मागदाबीसहित मुलुकी संहिता २०७४ को दफा २१९ (२) बमोजिम मुद्दा दायर गरेको थियो ।
अनुसन्धानका क्रममा अभियुक्त लामिछानेले आफूलाई नाबालिगमाथि करिणी नगरेको भन्दै निरन्तर रुपमा इन्कारी बयान दिँदै आएपनि उनलाई मुद्दा अन्तिम किनारा नलागिञ्जेलसम्मका लागि जेलमा राख्न आदेश भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार