कपिलवस्तुमा ठूला दलका पूरानै अनुहार, कांग्रेसका उम्मेदवार शाह चौथोपटक सांसद बन्ने प्रयासमा
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार २१:३८:५
१८ कात्तिक, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन । उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन् । शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन । उनी २०७० सालमा सङ्घीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका हुन्। विसं २०७४ को निर्वाचनमा शाहले २० हजार एक मत ल्याएका थिए । विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ ।
कपिलवस्तु–३ मा एमालेबाट मङ्गलप्रसाद गुप्ता उम्मेदवार बनेका छन् । गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार हुन । गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन् । कपिलवस्तुमा ठूला दलले पूरानै उम्मेदवार दोहो¥याएका छन् । नयाँ अनुहारका रूपमा कपिलवस्तु–१ बाट लौरो अभियानका देवेन्द्रकुमार शर्मा र कपिलवस्तु–३ बाट मौलिक जरोकिलो पार्टीका यमन उपाध्याय उम्मेदवार बनेका छन् ।
कपिलवस्तु क्षेत्र नं १ बाट नेकपा ‘माओवादी केन्द्र’ले चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा ‘एमाले’बाट बलराम अधिकारी चुनावी मैदानमा होमिएका छन् । विसं २०७४ मा वाम गठबन्धनबाट विजयी खनाल यसपटक कांग्रेसको साथ लिएर निर्वाचनमा उत्रिएका छन् ।
गत निर्वाचनमा खनालले २९ हजार सात सय ९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार आठ सय ५३ मत पाएका थिए । एमालेले २०७० सालमा निर्वाचित बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा अधिकारी र खनाल एकै ठाउँमा थिए । क्षेत्र नं १ मा दुवै पहिलाकै सांसद हुन् ।
कपिलवस्तु क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्य र एमालेका वृजेश गुप्ताबीच प्रतिस्पर्धा हुने देखिन्छ । दुवै नेता पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । दुईपटक कांग्रेसका जिल्ला सभापति भएका आचार्य गत निर्वाचनमा गुप्तासँग पराजित भएका थिए । गुप्ता भने चारपटक सांसद भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार