‘मिचिएको भए’ लिम्पियाधुराहितको जमिन फिर्ता ल्याइन्छः ओली
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार २१:५९:५१
१८ कात्तिक, दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि छिमेकीलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिने बताएका छन् । ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारत सरकारले मिचेकै हो र त्यो फिर्ता दिनुपर्छ नभनि नेपाली भूमी ‘मिचिएको’भए फिर्ता ल्याएरै छाड्ने बताए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमि ‘मिचिएको’ भए फिर्ता ल्याउने बताएका हुन् ।
राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला भन्दै ओलीले भने, ‘मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।’ ओली प्रधानमन्त्री बनेका बेला आफुले लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेको बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेपनि कार्यक्रम भर उनले भरतले मिचेकै हो भन्न भने सकेनन् । उनले मिचिएको भए भन्ने शब्दबाट आफ्नो भनाइ सिध्यााएका थिए ।
ओलीले संसदले सर्वसम्मतका साथ पारित गरेको नक्सा अनुसार जमिन फिर्ता ल्याउने बताए । भारतले कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको विषय धेरै अगाडी देखि सार्वजनिक भइरहेको छ । भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्युसमेत भएको थियो । यो घटनामा गठबन्धन सरकारले केही नगरेको उनको तर्क छ ।
अध्यक्ष ओलीले छिमेकी मुलुक भारतलाई भूगोलमा ठुलो भएर सानो चित्त नबनाउन आग्रह पनि गरे । दार्चुलाका समस्याहरू आफूलाई थाहा भएको भन्दै तिङकर भन्ज्याङको चीन जोड्ने बाटोका लागि ७०, ७५ किलोमिटर चट्टान खोलेर तिङकरसम्म सडक पुयाउनुपर्ने बताए । उनले भारतले अनावश्यक ढंगले बाटो बनाएर झमेला गरेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार