दलहरुबाट अस्थिर राजनीतिको खेतीः स्थिर सरकार र संविधानको रक्षा कसले गरिदिने होला ?
भेषराज पोखरेल
कात्तिक १९, २०७९ शनिबार १४:२१:१३
निर्वाचन नजिकिँदै गर्दा दलहरु जित सुनिश्चित गर्न कस्सिरहेका छन् । के उपायद्वारा प्रतिस्पर्धीलाई परास्त गर्न सकिन्छ, के भनेर जनतालाई आफूतिर तान्न सकिन्छ भनेर लागिरहेका छन् । सत्ता गठबन्धनका नेताहरुले आफूहरुलाई नजिताए लोकतन्त्र नै धरापमा पर्ने बताइरहेका छन् भने मुख्यतः एमालेका नेताहरु त्यसैमा पनि केपी ओलीले एमालेको सरकार नबने देश बर्बाद हुने बताइरहेका छन् ।
उनले आफ्नो नेतृत्वको गठबन्धनका अन्य दलहरुबाट आशा ठूलो गरेका छन् तर तिनीहरुलाई त्यति भाउ दिएका छैनन् । अहिलेसम्मको अवस्था अनुसार संगठन बलियो भएका र जनमत पनि राम्रो भएका तथा सत्ताका वरिपरि रहँदै आएका ठूला राजनीतिक दलहरुले आफूहरुले राजनीतिक स्थिरता दिन्छौं भन्दै ढ्वाङ फुके पनि पूरै रुपमा अस्थिरताको खेती गरिरहेका छन् । यति मात्रै होइन हामी ठूला दलको विकल्प बन्छौं भनेरआएका दलहरुले पनि अहिलेको संविधानका प्रावधानविरुद्धका कुराहरु आफ्ना घोषणापत्रमा सार्वजनिक गरेका छन् । यो अवस्थामा जिते पनि देशलाई संविधानको भावना अनुसार चल्न नदिने, हारे यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्दै विभिन्न रुपका विरोध गरेर सरकारलाई कमजोर पार्ने तानामा दलहरु रहेको देखिएको छ । यो देश र जनताका लागि दुखद अवस्था हो ।
निर्वाचनपछि पूर्ण बहुमतका साथ सरकारमा जाने तथा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने घोषणा गरिरहेको एमालेले संविधानको अहिलेको अवस्थालाई बदल्न चाहेको छ । ओलीले गरेका संविधानविरुद्ध दुई पटक संसद विघटनलाई बचाउ गरिरहेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा जनताको प्रश्नको उत्तर दिँदा पनि ओलीले अदालतले असंवैधानिक घोषणा गरेका कदमको बचाउ गरेका छन् । यदि उनको नेतृत्वमा सरकार बनेमा उनले आफ्ना कदमलाई वैधानिकता दिनेछन् । यस्तो अवस्थामा जनताले बनाएको संविधान २०४७ को अवस्थामा पुग्नेछ । अर्को, केपी ओलीले आफ्नो कार्यकालमा ठूलो मात्रामा ऐन कानुन बनाएको बताएका छन् तर उनले संघीयतालाई बलियो बनाउने कानुन बनाएनन् । उनले संघ र स्थानीय तह केन्द्रको मातहतका अंगका रुपमा रहनुपर्छ भनिरहे । यो अवस्थामा एमालेले कस्तो राजनीतिक स्थिरता दिने होला ?
राजतन्त्र पुनःस्थापित गर्नुपर्छ, संघीयता खारेज गरेर केन्द्र र स्थानीय तह मात्रै राख्नुपर्छ भनेर आफ्नो घोणापत्र बनाएको पूर्वपञ्चहरुको दल राप्रपासँग गठबन्धन गरेको छ । अर्को, मधेशको मुद्दा भन्दै अघि बढेको जनता समाजवादी पनि छँदै छ । यो गठबन्धनका उम्मेदवारले निर्वाचनमा बहुमत ल्याए यी मुद्दा कसरी सम्बोधन गर्ला ? कम्युनिष्ट मुद्दा त व्यवस्थापन गर्न असफल भएर लगभग दुई तिहाई नजिकको बहुमतको सरकार ढालेका केपी ओली अब स्थिर तथा व्यवस्थित सरकारदिन सफल होलान् ? अब माओवादी केन्द्रको कुरा गरौं । उसले बहुमत ल्याएर सरकार बनाउने त कुरा भएन तर उसले आफ्नो घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री आफ्नो मुख्य मुद्दा भएको उल्लेख गरेको छ । अनि जातीय क्लष्टरका कुरा पनि उठाएको छ । जुन कुरा संविधानमा छैन । संविधानको रक्षा गर्न भन्दै नेकपा सरकार ढालेर गठबन्धन सरकार बनाएको माओवादी केन्द्रले संविधानको रक्षा गर्ला कि त्यसको तहसनहस ?
देशभर संगठन भएको राप्रपाले राजतन्त्र फर्काउने र संघीयता खारेज गर्ने मुद्दा अगाडि सारेर चुनावी दौडमा छ । उसका अरु विषय पनि संविधानविरुद्धका छन् । उसले कसरी अहिलेको संविधानको रक्षा गर्छ ? उसको ध्येय नै थप अस्थिरता सिर्जना गर्ने नै देखिन्छ । राप्रपाले लोकतन्त्रविरुद्धका मुद्दा बनाएर लोकतन्त्रको उपयोग गरिरहँदा पछिल्लो समय आफूलाई वैकल्पिक शक्तिका रुपमा उभ्याएको बताउने रवि लामिछानेको दलले पनि यो संविधानका प्रावधानलाई मानेको छैन । यति मात्रै होइन पछिल्लो समय अगाडि आएका अन्य साना दलहरुले पनि सत्ताको वरिपरि रहेर लाभ लिइरहेका दलका नेताहरुमाथि आक्रोश पोख्ने नाममा संविधानकै बर्खिलाप आफ्ना चुनावी मुद्दा अगाडि सारेका छन् । यो अवस्थाले आगामी भविष्यमा अस्थिरताको आगो दन्कने पूर्वसंकेत दिइरहेको छ । यी दलका मुद्दाले जनअनुमोदन पाउँछन् पाउँदैनन् त्यो त निर्वाचनको परिणामले देखाउला तर यी सबै दलहरु देशको राजनीतिलाई थप अस्थिर बनाउने दिशामा जाने स्पष्ट हुन्छ ।
कांग्रेसले संविधानका प्रावधानलाई फेर्ने कुरा त गरेको छैन तर गठबन्धनमा संलग्न दलहरुका विषय सम्बोधन कसरी गर्छ ? कांग्रेसले गठबन्धनमा संलग्न दलका विषयमा सम्झौता गर्न सकेन भने गठबन्धन टिक्न सक्दैन । सम्झौता गरे संविधानको हालत के हन्छ ? एकीकृत समाजवादीका नेता वेदुराम भुसालले त चुनावपछि गठबन्धन नटिक्न सक्ने बताइरहेका छन्् । यी सबै अवस्थाले के देखाउँछ भने अबको नेपालको राजनीतिक यात्रा अस्थिर छ । कांग्रेस नेतृत्वको गठबन्धनका नेताहरुले जिते पनि हारे पनि स्थिर सरकार बन्छ भन्ने कुनै निधो छैन । एमाले नेतृत्वको गठबन्धन पनि स्थिर होइन ।
कांग्रेस नेतृत्वको गठबन्धन दलका नेताहरुले जिते पनि कम्युनिष्ट सरकार बनाउने भनेर अलग हुन सक्छन् । हारे कांग्रेसले धोका दियो भन्दै अलग हुन सकिहाल्छन् । सरकारमा रहेका बेला आफूले घोषणापत्रमा उल्लेख भएका संविधानविरुद्धका मुद्दा पनि पूरा हुनुपर्छ, नभए सरकार छाड्छौं भनेर बारम्बार धम्क्याउन सक्छन् । यसले सरकारमा व्यापक मोलमोलाइ गर्ने बाटो दिन्छ । यो चरम अस्थिर अवस्था हो । उता एमाले नेतृत्वको गठबन्धनबाट चुनावमा त ठूलै लाभहानि हुने नै छ । गठबन्धनका अरु दलको आवश्यकता भए ओलीले राम्रै लाभ दिनेछन्, आवश्यक रहेन वा उनीहरुको ठूलो भूमिका भएन भने पूर्ण बेवास्ता गर्नेछन् । यो पनि अस्थिर राजनीतिको अवस्था हो । यी सबै अवस्थामा विकासमा पनि बाधा पर्नेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार