गुल्मी-१ मा आलोचनाविहीन प्रतिस्पर्धा: न भण्डारीको अरोप छ, न ज्ञवालीको !
नेपालबहस संवाददाता
कात्तिक १९, २०७९ शनिबार १८:५५:३९
१९ कात्तिक, बुटवल । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये गुल्मी १ मात्रै यस्तो क्षेत्र हुनसक्छ, जहा प्रतिद्वुन्द्वी छ तर, आलोचना छैन् । यो क्षेत्रमा केन्द्रिय राजनीतिमा प्रभाव पार्ने दुई उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, उनीहरु एकअर्काको आलोचनामाभन्दा आफुले गर्ने कामका विषय मात्रै मतदाता मााझ राखिरहेका छन् ।
यो प्रतिस्पर्धा उनीहरुका लागि नयाँ होइन । एकले अर्कोलाई राजनीतिमा सम्मान दिएर नै उनीहरु हार रजितको लडाइ लडिरहेका छन् । योसहित गुल्मी जिल्लामा यी दुई उमेदवार अहिलेसम्म चार पटकसम्म विपक्षीको रूपमा चुनावी मैदानमा छन् । गुल्मीको क्षेत्र नं. १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी चौथोपटक चुनावी मैदानमा उत्रिएर आफ्नो जित सुनिश्चित गर्न लागि परेका छन् ।
राम्रो भाषणकलाका पारखी यी नेता पार्टीमा मात्र होइन जनस्तरका आम मतदातासँग परिचित छन् । ज्ञवाली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट रहेका कारण पार्टीले गर्ने मुख्य निर्णयमा उनको पनि सहभागीता रहन्छ । यस्तै भण्डारी पनि नेपाली कांग्रेसको संस्थापनइतर समूहको दोस्रो वरीयताका चर्चित र इमान्दार नेताको रुपमा परिचित छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि भएका निर्वाचनमा तीन पटक ज्ञवालीले जितेका छन् भने एक पटकको निर्वाचन भण्डारीले जितेका छन् । २०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जितेका थिए । २०६४ यता उनीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । दुईजनाको प्रतिस्पर्धामा २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने भण्डारीले बाजी मारेका थिए । १५ वर्षदेखि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आएपनि उनीहरुबीच अहिलेसम्म नराम्रो भएको छैन् ।
लामो समय प्रतिस्पर्धामा रहेका यी नेताहरू एकले अर्कोलाई धेरै आलोचना पनि गर्दैनन् । अनावश्यक आरोप पनि धेरै लगाउँदैनन् । चुनाव जित्दा एकले अर्कालाई सम्मान गर्ने शैली दुवैले अपनाएका छन् । २०७० मा भण्डारी निर्वाचित हुँदा ज्ञवालीले खादा ओढाएर सम्मान गरेका थिए भने २०७४ मा भण्डारीले ज्ञवालीलाई खादा ओढाएर सफल कार्यकालका लागि शुभकामना दिएका थिए । अहिले पनि उनीहरुको सम्बन्ध उस्तै छ ।
भण्डारी यसपटक सत्ता गठबन्धनको साझा उमेदवार बनेका छन् । तर, एमालेको संगठन बलियो भएकाले दुई नेताबिच हारजितको बलियो प्रतिस्पर्धा हुने प्रस्ट देखिएको छ । २०७४ को निर्वाचनमा ज्ञवाली ७ हजारभन्दा बढी मतले विजयी भएका थिए । ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाएका थिए ।
अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेत सामेल छन् । ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित भण्डारीको पक्षमा रहेको उनी पक्षको आंकलन छ । सांसद तथा मन्त्री हुँदा जिल्लाका लागि ज्ञवालीले गरेका विकासे अभियान उनका लागि बलियो आधार भएको एमाले नेताहरूको तर्क छ ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमाले बलियो देखिन्छ । तर, गठबन्धनको मत एकै ठाउँमा जोड्दा ज्ञवालीलाई विरासत कायम राख्न चुनौती छ । एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो । माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६०० र नेकपा एसले ४९७ मत प्राप्त गरेको थियो । सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६६० बढी हो । कांग्रेस नेताहरू यो तथ्यांकलाई केलाउँदै ज्ञवालीलाई पुनः सदन छिर्न नदिने रणनीतिमा छन् ।
स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको, १२ स्थानीय तहमध्ये मध्ये तीनवटामा खुम्चिएको कारण ज्ञवालीलाई रोक्न सकिने तर्क कांग्रेस नेताहरूको तर्क छ । तर, एमाले नेताहरू भने आफ्नो पार्टीको बलियो संगठन नै जितको आधार भएको बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार