देउवाको चुनावी यात्रा : सातौँ पटक गठबन्धनको गतिलो साथ, एमालेको चुनौती कायमै
नेपालबहस संवाददाता
कात्तिक १९, २०७९ शनिबार २१:७:९
♦ शेरबहादुर सिंह / धनबहादुर भण्डारी
१९ कात्तिक, डडेल्धुरा । राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका चुनावीसभामा व्यस्त छन।
सत्ता–गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवालाई अघिल्लो आमनिर्वाचनमा नेकपा ‘माओवादी केन्द्र’ र नेकपा ‘एमाले’ले चुनौती दिएको भए पनि यसपटक माओवादी केन्द्रको सुदूरपश्चिमको नेतृत्वकर्ता नेता खगराज भट्ट देउवालाई सघाइरहेका छन् । गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार भएर भट्ट आफू पनि चुनावी मैदानमा छन । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भइससकेका छन्। उनी विसं २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । गत २०७४ सालको निर्वाचनमा १६ वटा प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ला नेतासमेत उनै हुन्।
माओवादी नेता भट्ट तीन पटक देउवासित पराजित भएका थिए । नेपाली कांग्रेस डडेल्धुराका पार्टी सचिव हेमराज चटौतले डडेल्धुराबाट कांग्रेसका उम्मेदवार देउवा बहुमतले जित्ने दाबी गर्छन । उनले स्थानीय तहको मतलाई मात्रै आधार बनाउँदा कांग्रेससहित गठबन्धनका प्रदेशका उम्मेदवारलाई जित्न कुनै समस्या नहुने दाबी गर्नुभयो ।
“पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको २२ हजार बढी, माओवादी केन्द्रको १३ हजारको हाराहारीमा मत हो”, सचिव चटौतले भने “प्रतिस्पर्धीको सबैको मिलाएर पनि १५ हजार मत देखिन्न ।” उनले प्रधानमन्त्री देउवा आइतबार पर्शुराम र आलितालमा चुनावीसभा सकेर धनगढी फर्किने कार्यक्रम रहेको बताए ।
उनले देउवा डडेल्धुराको उम्मेदवार मात्रै नभई सुदूरपश्चिमको अभिभावक भएकाले पनि यसपटक जिताएर पुनःमुलुकको कार्यकारी पदमा पुग्नेमा आशावादी रहेको बताए । देउवासित चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरे । प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा ‘एमाले’ले सर्मथन गरेको छ ।
एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले आफूहरुको समर्थन सुरुबाटै कांग्रेस बिपीका उम्मेदवारलाई रहेको बताए । “हाम्रो समर्थन कर्ण मल्ललाई भएअनुसार हामी मसिनो तरिकाले जिल्लाभर मतदातासित मत माग्दै हिँडेका छौँ”, अध्यक्ष साउँदले भने, नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई टक्कर दिने पार्टी र उम्मेदवारको किचलोले उनलाई जित्न झन सहज हुने कांग्रेस नेताहरुको बुझाइ छ ।
डडेल्धुराबाट सत्ता–गठबन्धनबाट सुदूरपश्चिम प्रदेशसभा १ मा माओवादी केन्द्रका नेता खगराज भट्ट र २ मा नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावी मैदानमा छन । यता एमाले र कांग्रेस बिपीको चुनावी तालमेलले डडेल्धुराबाट प्रदेशसभा १ मा पूर्वप्रदेश मन्त्री पठानसिंह बोहरा र २ बाट गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । दुवै एमालेका नेता हुन् । सात वटा पालिका रहेको डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा पाँच नेपाली कांग्रेस र दुई पालिकामा माओवादी केन्द्र विजयी भएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार