कैलालीका मुख्य निर्वाचन अधिकृतबाट तोकिएका मतदानस्थलको निरीक्षण
नेपालबहस संवाददाता
कात्तिक १९, २०७९ आइतबार १:३३:२८
१९ कात्तिक, कैलाली । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल नेतृत्वको टोलीले आशन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा तोकिएका मतदानस्थलको आज निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी किरण थापासमेत संलग्न सो टोलीले क्षेत्र नं. ५ भित्र पर्ने बेला आधारभूत प्राथमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय मतदानस्थलको निरीक्षण गरेका हुन् । उनीहरुले निर्वाचन क्षेत्र नं। ३ का विभिन्न मतदानस्थलको समेत निरीक्षण गरेकाे बताइएकाे छ । जिल्लामा २३७ मतदानस्थल तोकिएको छ ।
नमूना मतदान
यसैबीच बेला गाउँमा गरिएको नमूना मतदानमा अधिकांश स्थानीय रानाथारु समुदायका मतदाता सहभागी भएका थिए । मतदानमा ६६मत खसेकोमा ६३ मत सदर भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले स्थानीय मतदातालाई मतदान गर्ने सही तरिकाबारे जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार