अब शेयरबजार कता जाला ?
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १४:३६:२१
२० कात्तिक, काठमाडौं । पुँजी बजारले यस साता केही आशा जगायो । समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो । बजार १९ सय विन्दु माथि नै अडिएको छ । १८०७ को तहमा आएको नेप्से १९ सयको लेबल माथि रहेकाले अब बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा धेरैले विश्वास लिएका छन् । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन ।
चुनावी माहोल सूरु भएको तथा लाभांशको सिजन पनि चलेकाले सेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको छ । चुनावका कारण बजारमा पैसा आउने विश्वास लगानीकर्ताको रहेको छ । यता, ठूला वाणिज्य बैंकहरुको नाफा बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन् । यस्तै, बजार घटेको पनि १४ महिना पूरा भइसकेको छ ।
यसकारण पनि विस्तारै बजारले गति लिने विश्वास धेरैको रहेको हो । अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सकारात्मक बन्दैछन् । रेमिटेन्स बढेको छ । अब ब्याजदर घट्न बाँकी छ । तरलता सहज भई ब्याजदर पनि केही घट्न थाल्यो भने नेप्सेले गति लिन सक्ने विश्लेषकहरु बताउँछन् । शेयरबजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार