महामारीमा गुमनाम सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोज्दैछन् : उदयशमशेर
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १७:२४:३४
२० कात्तिक, ललितपुर । ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गरेका छन् ।
सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले आफ्ना मतदातालाई विकास र समृद्धिका लागि आफूलाई भोट दिन आग्रह गर्दै चुनाव जितेर विकास र समृद्धिका निरन्तर खट्ने बताए । चुनावी अभियानमा रहेका मतदातालाई उनले भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’
आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो ? भन्नेबारे चासो राख्नुपर्नेमा जोड दिए ।
निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने बताए । कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको आरोप राणाको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
माघ ८, २०८१ मंगलबार
अख्तियारको पुनरावेदन रिटमा कर फर्स्यौट आयोगको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
माघ ८, २०८१ मंगलबार
दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने
माघ ९, २०८१ बुधबार
यस्तो छ, अफ्रिकी सुन खनिकको व्यथा
माघ ९, २०८१ बुधबार
‘पुष्पा २’का निर्देशक सुकुमारको घर–अफिसमा आयकर विभागको छापा
माघ ९, २०८१ बुधबार
यात्रुहरूको प्रमुख कोसेली सिन्धुलीको जुनार
माघ ९, २०८१ बुधबार
टी २० महिला विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, ५६ रन मात्र बनाउन सक्यो
माघ ९, २०८१ बुधबार