ग्वार्को सवारी दुर्घटना : गाडी र चालक फेला, मृतकको पहिचान खुल्न सकेन
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १८:२६:५
२० कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्को स्थित सडकमा बाटो काटिरहेकी पैदलयात्री युवतीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक १२ गते बेलुका ८ बजेतिर ग्वार्कोमा बाटो काट्दै गरेकी अन्दाजी २२ वर्षकी एक युवतीलाई गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको सनाखत अझै हुन सकेको छैन ।
ठक्कर दिएर भागेको गाडीको नम्बर प्लेट खुल्न सकेको थिएन । सोही कारण साता दिनसम्म गाडी र चालकलाई नियन्त्रणमा लिन सकेको थिएन ।
सुक्ष्म अध्धयन र खोजीपछि जिल्ला प्रहरी परिसर ललितपुरले बागमती इम्बोस्ट नम्बर प्लेट भएको प्रदेश बी एए ५५६३ नम्बरको स्कार्पियो गाडी र चालक प्युठान नगरपालिका–२ का ४७ वर्षीय वीरबहादुर राउतलार्ई एक सातापछि शनिबार मात्र नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ गरिएका चालकलाई सवारी ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ । मृतक युवतीको बारेमा प्रहरीले आफन्त हराएको खबर भएमा सम्पर्क गर्न भनेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार