बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १९:३६:४
२० कात्तिक, काठमाडौं । बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइललमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।
पाकिस्तानले सेमिफाइनलमा ग्रुप वानको विजेता न्युजिल्यान्डको सामना गर्नेछ । भारतले भने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।पाकिस्तान समूह दुई को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ ।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मन्सुदले अविजित २४ रन जोडे ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र इबादत हुसेनले समान १ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।
बंगलादेश १० ओभरमा ७०-१ को बलियो स्थितीमा रहेको थियो । बंगलादेशका लागि ओपनर नाजमुल हुुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै सरकारले २० रन जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सडाब खानले २ विकेट लिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार