प्रचण्डका छुट्टै गोरखा प्रतिवद्धतापत्र : पालुङटारमा स्मार्ट सिटी, रबर उद्योग संचालन गरिने
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २०:२४:३
२० कात्तिक, गोरखा । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित रणनीतिक योजनासहित प्रतिवद्धतापत्र अगाडि सारेका छन् । उनी गोरखा क्षेत्र नम्बर २ बाट मंसिर ४ मा चुनाव लड्दैछन् ।
निर्वाचन क्षेत्र मात्र नभई उनले गोरखाका जनताका लागि भन्दै उनले ४५ बुँदे रणनीतिक योजना समावेश गरेर आइतबार प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । रबर उद्योग संचालन गरिने, पालुङटारमा स्मार्ट सिटी बनाउने लगायत महत्वकांक्षा योजनाहरू प्रतिवद्धतापत्रमा राखेका छन् ।
गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण जस्ता बुँदा प्रतिवद्धतापत्र समेटेका छन् ।
देशकै विकास र समृद्धिका लागि नीति कार्यान्वयन गर्ने ठाउँमा पुग्ने इच्छा रहेको बताउँदै आएका प्रचण्डले यसपटक भने गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने धारणा राखेका छन् । उनले चुनाव सत्ता गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनाइएको दाबी दोहोर्याएका छन् ।
चितवन २ मा मतदाता नामावली भएका उनी टिकट बाँडफाँटको अन्ँितममा गोरखा रोज्न पुगेका हुन् । गोरखामा उनका विरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवार दिएकामा पार्टीको बलमा सबैलाई उम्मेदवारी फिर्ता र निष्क्रिय पारिएको थियो ।
पार्टीले यसअघि नै केन्द्रीय तहबाट प्रचण्ड स्वयंले निर्वाचनका लागि प्रतिवद्धतापत्र सर्वाजनिक गरिसकेको अवस्थाबीच आफ्नै निर्वाचन क्षेत्रका लागि छुट्टै प्रतिवद्धतापत्र ल्याएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार