काठमाडौं ५ मा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा, पोखरेल एक्लै चुनावी मैदान रहेकोले पौडेल चुनाव जित्ने दाउमा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २०:५६:१७
२० कात्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौं क्षेत्र नं ५ मा पनि उम्मेदवार मतदाताका घरदैलोमा आ आफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ ।
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं- ५ मा नेकपा एमालेकातर्फ बाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन, भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौं महानगरका २,३,४,५, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा रहेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।
स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार नौ सय ५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले एक हजार आठ सय ३९ र माओवादी केन्द्रले सात सय २० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार तीन सय ८८ मतान्तरले अगाडि देखिन्छ ।
विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए । सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन ।
प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं १ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार नौ सय १९ मतदाता रहेका छन् । जसमध्ये महिला ३७ हजार एक सय २५ र पुरुष ३३ हजार सात सय ९१ मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार