रामकुमारी झाँक्रीलाई मतदान गर्न एमाले प्रदेश कमिटी सदस्यको अपिल
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २१:७:०
२० कात्तिक, काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले गुल्मी क्षेत्र नं. २ बाट नेकपा (एकीकृत समाजवादी)की प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीलाई मतदान गर्न अपिल गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै गौतमले झाँक्री कम्युनिष्ट आन्दोलनका क्रममा लामो समय नजिकबाट सँगै काम गरेको र सिंगो व्यवस्था र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने क्रान्तिकारी महिला नेतृ रहेको उल्लेख गरेका छन् ।
झाँक्री सत्ता गठबन्धनको समर्थनमा एकीकृत समाजवादीबाट साझा उम्मेदवार छिन् । एकीकृत समाजवादी एमालेबाट अलग भएका माधवकुमार नेपाल नेतृत्वको पार्टी हो । उसले आगामी ४ मंसिरको चुनावका लागि कलम चिह्न पाएको छ ।
पूर्वमन्त्री समेत रहेकी झाँक्रीसँग एमालेबाट पूर्वमन्त्री गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा गर्दैछन् । २०३९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक जीवन सुरु गरेका गौतम यसपटकको निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवारका रुपमा पार्टीबाट सिफारिस भएका थिए । तर, स्थानीय कमिटीको सिफारिस टोकरीमा पुर्याउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले विष्टलाई उम्मेदवार बनाएपछि उनी रुष्ट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार