डा. शेखर कोइरालाकाे चुनावी संकल्पपत्र : तटबन्ध निर्माण र विराटनगर चक्रपथ संचालन प्राथमिकतामा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २१:५६:१०
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा. कोइरालाले शनिबार ‘संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम संयन्त्र, असल शासन र समुन्नत नेपालका लागि मेरो संकल्प’ मुख्य नारा दिएर उनले संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा बनाएर संकल्पपत्र सार्वजनिक गरेका हुन् । संकल्पत्रमा डा. कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मात्र होइन राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन आफूलाई मत आवश्यक भएको उनले उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि मात्र लडिरहेको भन्दै मोरङको गौरवशाली इतिहास र परम्परालाई समेत निरन्तरता दिने वाचा गरेका छन् ।
‘आज जब म तपाईंहरुसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु,’ संकल्पपत्रमा लेखिएकोक छछ, ‘बीपी जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौं, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईंहरुको घरदैलोमा आएको छु । यो त्यही क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो ।’
संकल्पत्रमार्फत उनले आफ्नो निर्वाचन क्षेत्रको आर्थिक असमानता र गरिबीलगायत शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले बेरोजगारको समस्यालाई डरलाग्दो लिँदै त्यसलाई समाधान गर्न आफूले सक्दो भूमिका खेल्ने अटोठठ गरेका छन् । ‘युवा बेरोजगारीको समस्या डरलाग्दो छ । यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं’ संकल्पपत्रमा उल्लेख छ ।
गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने र विराटनगर विमानस्थलको स्तरोन्नति, मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याउने र बिराटनगर चक्रपथको काम सम्पन्न गरी यथासक्य छिटो सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । साथै संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ उल्लेख गरिएको छ ।
हेर्नुस संकल्पपत्रको पूर्णपाठ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार