गृहको चेतावनीबाबजुद विप्लवले ल्याए संघर्षका कार्यक्रम, नेता कार्यकर्तामाथि सुरक्षा निगरानी
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २२:४६:४५
२० कात्तिक, काठमाडौं । विप्लव नेकपासहित तीन पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा तीन पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर चुनावलाई असर पुर्याउने किसिमबाट साता लामो राजनीतिक संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरोधमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाले जनतालाई पूर्ण अधिकार बनाउन नसक्ने बताउँदै यही कात्तिक २४ देखि ३० गतेसम्मका लागि राजनीतिक सभा, कोणसभा र विरोध प्रदर्शन गर्ने घोषणासहित संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरिएको छ ।
काठमाडौंमा २४ गते राजनीतिक सभाको आयोजना गर्ने घोषणा गरिएको छ । २४ देखि २६ सम्म बुटवल, बर्दिबास, इटहरी, पोखरा, धनगढी लगायत शहरहरुमा र कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशभर कोणसभा र विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ । ३० गतेपछि जिल्ला र स्थानीय स्तरमा आवश्यकता र सापेक्षताका आधारमा आवश्यक कार्यक्रम संचालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
स्मारणीय छ, तीन पार्टीमध्ये विप्लव नेकपा भने २०७४ को आम निर्वाचन बहिष्कार गरेको नेकपा गएको वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा भने सामेल भएको थियो । पत्रकार सम्मेलनमा विप्लव भने सहभागी थिएनन् । उनी हालै सम्पन्न महािधवेशनबाट चयन भएका नेकपाका महासचिव हुन् ।
यता सरकारले चुनावमा भाग नलिने अधिकार भएपनि बिथोल्ने अधिकार कसैलाई नभएको भन्दै बिथोल्न खोज्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने बताइरहेको छ । गहृमन्त्री बालकृष्ण खाणले शुक्रबार चुनाव बिथोल्ने जोकोहीलाई निगरानीमा राखिने र आवश्यक परे कडा निर्णय लिने बताइसकेका छन् ।
गृहसचिव विनाेद प्रकाश सिंहले पनि प्रदेश नम्बरको १ को सुरक्षा बैठकमा चुनाव बिथोल्नहरुमाथि कडा निगरानी राख्न र आवश्यकता अनुसार निर्णय लिएर चुनावलाई सुचारु बनाउन सबै सुरक्षा निकाय सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।
यसैबीच विरोधका कार्यक्रम सार्वजनिक भएसँगै सरकारले तीन वटै पार्टीका नेता कार्यकर्तामाथि अपनाउने रवैयाबारे छलफल गर्न सुरक्षा बैठकको तयारी गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार