युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २३:११:१५
२० कात्तिक, एजेन्सी । इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको शनिबार बताएका छन् ।
तेहरानले मस्कोलाई ड्रोन आपूर्ति जारी राखेको पश्चिमा राष्ट्रहरूको आरोपको खण्डन गर्दै तिनको प्रयोग युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारहरूमा लक्ष्यित भएनभएको यकिनका साथ भन्न नसकिने स्पष्ट गरे ।
“युक्रेन युद्धमा इरानले रूसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराएका आरोप निराधार हुन्,” विदेशन्त्री अमीराबडोल्लाहियानलाई उद्धृत गर्दै सरकारी समाचार समिति इर्नाले जनाएको छ । यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेहरानलाई झूट बोलेको आरोप लगाउदै किएभमा सेनाले दिनहुँ कम्तीमा १०वटा ड्रोन खसालेका बताए ।
रूसले आफ्नो देशमा आक्रमण सुरु गरेदेखि नै नागरिक र पूर्वाधारमा आक्रमण इरान निर्मित ड्रोन प्रयोग गरेको दाबी गर्दै युक्रेनी राष्ट्रपतिले घातक ती ड्रोनमध्ये ६०–७० प्रतिशत खसालेको बताएका छन् । इरानी ड्रोन आपूर्तिलाई लिएर बेलाइत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले गत शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिवलाई पत्र लेखेर छानबिन गर्न आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार