मधेशवादी दललाई विरासत जोगाउन कठिन, कांग्रेस–एमालेलाई भत्काउने चुनौति
कुसुम सेञ्चुरी
कात्तिक २१, २०७९ सोमबार १४:५०:१९
२१ कात्तिक, काठमाडौं । यतिबेला मधेश प्रदेशमा मधेशी दलहरुलाई आफ्नो विरासत जोगाउन कठिन भएको छ । आफै आफै विभाजित हुँदा उनीहरुलाई विरासत जोजाउन कठिन भएको हो । त्यस्तै कांग्रेस र एमालेलाई भने मधेशी दलहरुको विरासत भत्काउने चुनौति थपिएको छ । मधेश प्रदेशका ८ जिल्लाका ३२ सिटमा एमाले र कांग्रेसको संगठन भएपनि उनीहरुले मधेशवादी दलहरुको विरासत भत्काउन कठिन भएको हो ।
मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको ध्यान मधेस प्रदेशमा केन्द्रित हुन थालेपनि दुवै पक्षलाई आफ्नो पक्षमा वकालत गर्न थालेका छन् । ‘मधेस केन्द्रित दलहरुको प्रभाव रहेको मधेस प्रदेशमा प्रमुख दलहरुलाई आफ्नो उपस्थिति बलियो बनाउने चुनौती छ भने मधेस केन्द्रित दलहरुलाई अहिले रहेको वर्चस्व गुम्ला भन्ने डर छ’, मधेशका एक नेताले भने ।
२०७४ को निर्वाचनमा तत्कालीन मधेसी पार्टीहरुले प्रदेशदेखि संघसम्म बलियो उपस्थिति बनाएका थिए । कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु मधेस प्रदेशमा कमजोर देखिएका थिए ।३२ संघीय र ६४ प्रदेश निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित मधेस केन्द्रित लोसपा र जसपा दुई वटा गठबन्धनमा निर्वाचन लडिरहेका छन् । अन्य केही साना दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।२०७४ को निर्वाचनमा कमजोर देखिएका ठूला दलहरु ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बनाएरै भए पनि पुरानो विरासत फर्काउन केन्द्रीत रहेपनि उनीहरुलाई मधेशवादी दलहरु चुनौति बनेका हुन् । अहिले कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपाको चुनावी गठबन्धन छ भने एमाले, राप्रपा र जसपा नेपालबीच गठबन्धन बनेपनि एमालेका लागि प्रभु साह चुनौतिका रुपमा देखा परे । कांग्रेसलाई जसपा चुनौति बनेको छ ।
गठबन्धन बनाएर चुनावमा होमिएको भए पनि सबै दलको आ–आफनै रणनीति देखिन्छ। सत्ता–गठबन्धनले वडा तहसम्मै पाँचदलीय संयन्त्र बनाएर काम गरिरहको छ तर गठबन्धनमै रहेकै दलहरुको दाउ भन्ने जतिसक्दो बढी सिट आफ्नो पक्षमा पार्ने भन्ने छ ।
मधेस प्रदेशमा गठबन्धन गरेर चुनावमा गएका एमाले र जसपा पनि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेका देखिन्छन । एमालेका एक नेताका अनुसार मधेस प्रदेशमा एमाले सबैभन्दा पहिला मधेस प्रदेशमा आफ्नो पार्टी कसरी बनाउने भन्ने रणनीतिका साथ निर्वाचनमा होमिएको छ भने कांग्रेसपनि पुरानो विरासतलाई फर्काउने कोसिसमा रहेको छ । मधेस प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउनेदेखि प्रतिनिधि सभामा सक्दो बढी सिट जित्ने रणनीतिमा नेपाली कांग्रेस लागेको छ । मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ कांग्रेसले ३२ मध्ये १५ सिटमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको छ भने प्रदेशतर्फ ६४ सिटमध्ये ५० प्रतिशत सिटमा उम्मेदवारी दिएको छ । केही सिटमा आफूले टिकट नपाएपछि कांग्रेसकै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएपनि उनीहरु प्रभावहीन छन् ।
स्थानीय निर्वाचनको परिणामबाट हौसिदै प्रदेश र संघ निर्वाचनका लागि मधेसमा थप आक्रामक रुफमा प्रस्तुत भएको एमालेलाई उम्मेदवारी मनोनयनको दिनमा आएर प्रभु साहले गम्भीर धोका दिए । मनोनयनका दिन मधेसका नेता प्रभु साहले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि एमालेलाई मधेस प्रदेशमा रक्षात्मक बनाइदिएको छ । जसपासँग तालमेल गरे पनि त्यसको प्रभावकारितामा शंका उत्पन्न भएको छ । डबल डिजिटको लक्ष्य लिएको एमालेले साहकै कारण झस्किएको छ । जसपा–एमाले तालमेललाई कारण बनाई विद्रोह गरेका प्रभु साहले स्वतन्त्र उम्मेदवारहरु जिताउने र एमाले उम्मेदवार हराउने अभियान नै मधेसमा चलाएका छन । एमाले पार्टी पंक्ति त्यसलाई सामना गर्दै अघि बढ्ने चुनौती छ ।
मधेसमा माओवादी खासै बलियो नभए पनि उसको विगतको उपस्थिति अहिले पनि कायम रहने देखिन्छ । र, पार्टी पनि पुरानो विरासत जोगाउने रणनीतिमा छ । नयाँ बनेको दल एकीकृत समाजवादी भने विगतमा एमालेले जितेको ठाउँमा आफ्नो प्रभाव छोड्न सकिन्छ कि भन्ने दाउमा छ। यद्यपि, यो सहज छैन । समाजवादीका अध्यक्ष माधव नेपाल मधेस प्रदेशबाटै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । उनले रौतहटबाट उम्मेदवारी दिएपछि त्यहाँ उनको बचश्व राम्रो भएपनि अन्य नेताहरुको लागि भने संकेत राम्रो छैन । अघिल्लो निर्वाचनमा मधेस प्रदेशमा राम्रो नतिजा ल्याएका अहिलेका लोसपा र जसपा नेपाल यो पटक अप्ठ्यारो अवस्थामा छन् । जसपाले मधेस प्रदेशमा ५ वर्ष सरकार चलाए पनि पार्टीको अवस्था राम्रो देखिएको छैन । पार्टी अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरदेखि अन्य शीर्ष नेताहरुकै क्षेत्रमा मधेसी पार्टीको अवस्था कमजोर देखिन्छ ।
अघिल्लो निर्वाचनमा यादव र ठाकुरको पार्टीले मधेस प्रदेशमा बहुमत ल्याएर संयुक्त सरकार बनाइएको थियो । यो पटकको निर्वाचनमा ठाकुरको नेतृत्वको लोसपा सत्ता–गठबन्धनसँग र यादवको पार्टी जसपा एमालेसँग गठबन्धन गरेर मधेसमा निर्वाचन लडेका छन् । लोसपाले मधेस प्रदेशमा संघतर्फ ७ मात्र उम्मेदवारी दिएको छ भने प्रदेशतर्फ १६ स्थानमा। जसपाले भने एमालेसँगको तालमेलमा १७ संघ र ३४ प्रदेश सभामा उम्मेदवारी दिएको छ । यसकारण मधेशवादी दलहरु रक्षात्मक रहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार